Comments Add Comment

२८ देशका सेनाले पाँचखालमा संयुक्त अभ्यास गर्ने

नेपाली सेना सन् १९५८ बाट द्वन्द्वग्रस्त राष्ट्रहरुमा शान्ति स्थापनार्थ खटिँदै आएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति मिसनमा सैन्य स्तरबाट योगदान गर्ने नेपाल छैटौं ठूलो मुलुक हो ।

शान्ति मिसनमा जाने सेनाका जवानहरुले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा तालिम लिनुपर्ने हुन्छ । तर, अहिले सो तालिम केन्द्र नेपाली सेनाको लागि मात्रै होइन, शान्ति मिसनमा खटिने अन्य मुलुकका सेनाका लागि पनि तालिम गर्ने उपयुक्त ठाउँ बनेको छ ।

‘शान्ति प्रयास ३’ मा २८ देशका सेना

शान्ति मिसन अन्तर्गत सहभागी रहेका थुप्रै मुलुकहरुमध्ये २८ मुलुकका सेनाले नेपालमा संयुक्त अभ्यास गर्ने भएका छन् ।

नेपाली सेनाको आयोजना र अमेरिकी सेनाको सहयोगमा पाँचखालस्थित तालिम केन्द्रमा ‘शान्ति प्रयास ३’ अन्तर्गत संयुक्त अभ्यास हुनेछ । अभ्यास चैत ७ गतेदेखि दुई सातासम्म सञ्चालन हुनेछ ।

नेपाली सेनाले तयार पारेको पाठ्यक्रममा रहेर २८ देशका १ हजार २४ देशका सेनाले संयुक्त अभ्यास गर्नेछन् । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका प्रमुख कर्णेल प्रयोग जंगबहादुर राणाका अनुसार, नेपाली सेनाले तेस्रो पटक यस्तो अभ्यासको आयोजना गर्न लागेको हो ।

संयुक्त अभ्यासका लागि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, जापान, भारत, मेक्सिको, इण्डोनेसिया लगायत सबै मुलुकका सेना आइसकेका छन् ।

नेपाली सेनाले अमेरिकी सेनाकै सहयोगमा सन् २००० मा पहिलो पटक यस्तो अभ्यास आयोजना गर्दा नेपालसहित चार मुलुकका मात्र सेना सहभागी थिए । त्यसपछि २०१३ मा ‘शान्ति प्रयास २’ मा २३ वटा मुलुकको सहभागिता थियो ।  यो तेस्रो अभ्यासमा २८ मुलुकका सहभागी हुँदै छन् ।

तीन तहको अभ्यास, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

संयुक्त अभ्यासमा शान्ति मिसनमा खटिँदा आवश्यक पर्ने तीन तहको तालिम सञ्चालन हुनेछ । सो क्रममा युएन हेडक्वाटरमा खटिँदा गर्नुपर्ने व्यवस्थापकीय काम सम्बन्धी शान्ति मिसनमा हुने कारबाहीको पनि अभ्यास हुनेछ ।

मिसन खटिने मलुकमा खटिँदा हुन सक्ने कारबाहीको अभ्यासको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

नेपाली सेनाका कर्णेल राणाले संयुक्त अभ्यास गर्नुको कारण खोल्दै भने, ‘हामीले जुनसुकै देशमा खटिँदा पनि त्यहाँ अन्य मुलुकका सेनासँग पनि समन्वय गर्नुपर्छ । त्यसैले संयुक्त अभ्यास जरुरी हुन्छ ।’

‘शान्ति प्रयास ३’ को अवलोकनका लागि अमेरिकी सेनाका लेफ्निेन्ट जनरल ह्यारिस काठमाडौं आइपुगेका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने संयुक्त अभ्यास चैत २१ गने सकिनेछ ।

नेपाली सेनाले सन १९५८ देखि हालसम्म एक लाख ११ हजारलाई संयुक्त राष्ट्र संघको ४१ वटा शान्ति मिसनमा खटाइसकेको छ । अहिले पनि चार हजार नेपाली सेना विभिन्न देशको १५ वटा मिसनमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment