सोमबार, ९ असोज, २०७४
OnlineKhabar.com

जनप्रगतिशील मञ्च डेनमार्कको अध्यक्षमा पोखरेल निर्वाचित

अनलाइनखबर

कोपनहेगन । नेपाली जनप्रगतिशील मञ्च (एनपिपिएफ) डेनमार्कको तेश्रो एकता अधिवेशबाट अध्यक्षमा भानु पोखरेल निर्वाचित भएका छन् । शनिबार कोपनहेगनमा सम्पन्न अधिवेशनले १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

उपाध्यक्षमा मोहन खड्का र शक्ति पाण्डे, महासचिवमा महेशकुमार खाती, सचिवमा समिर तामाङ र कोषाध्यक्षमा रत्नबहादुर बुढाथोकी निर्वाचित भएका हुन् ।

कार्यसमिति सदस्यहरुमा लक्ष्मीप्रसाद कट्टेल, मोहन केसी, सूर्य सापकोटा, देवी गौतम, पूर्ण खत्री, गौतम यात्री, अनोज अधिकारी, दिपेन्ऽ शर्मा, लक्ष्मण तिमिल्सिना, बावुराम विश्वकर्मा छन् ।

मञ्चको संस्थापक संरक्षकमा पूर्व अध्यक्ष उदयराज गौतम र सल्लाहकारमा निवर्तमान अध्यक्ष गणेश ढकाल छन् । अधिवेशनको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभागका सदस्य टासी लामाले नेपालीहरु संसारको जुनसुकै देशमा रहे पनि नेपालको सम्वृद्धिको लागि लाग्नुपर्नेमा जोड दिए ।

उनले देश विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्स देशको आधाभन्दा बढि क्षेत्रमा हिस्सा रहेको भन्दै अव देश विकासमा पनि विदेशमा सिकेको सिप र अध्ययन लगाउनुपर्ने भनाइ व्यक्त गरे । ‘देशको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो भूमिका धेरै छ, अब देशको सम्वृद्धिमा लाग्नुपर्ने आवश्यकता छ ।’ लामाले भने ।

कार्यक्रममा डेनमार्कका लागि नेपाली कार्यबाहक राजदूत रामकाजी खड्काले डेनमार्कमा रहेका नेपालीहरु साझा हितको लागि एक रहेको सुनाए । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दिपेश पुनले नेपालको विकासको लागि सबै पार्टीका युवाहरु एक भएर लाग्नुपर्ने बताउँदै विदेशमा रहेका नेपालीलाइ नेपालको सम्वृद्धिका लागि अझै बढी भुमिका खेल्न आग्रह गरे ।

उद्घाटन कार्यक्रममा एनपिपिएफका यूरोप सदस्य भानु पोखरेल, एनआरएनका आइसिसी सदस्य सोम सापकोटा, एनआरएन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, जनसम्पर्क समिति डेनमार्कका उपाध्यक्ष निल थापा, प्रवासी नेपाली मञ्चका दिपक पाण्डे, क्रिएटिभ नेप्लिज ओमनका इन्दिरा तिवारी, मगर समाजका ओम राना, इनासका अध्यक्ष सन्तबहादुर थापा र विद्यार्थी प्रतिनिधि गौतम यात्रीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

तेश्रो भेला आयोजक समितिका संयोजक उदयराज गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष गणेश ढकालले र सञ्चालन समिर तामाङले गरे । कार्यक्रममा लोकपि्रय संगितकार तथा गायक चेतन सापकोटा, प्रगतिशील गायक नविन खड्का र डेनमार्कका गायक विश्व तामाङले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए ।

२०७३ चैत ६ गते १८:०३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this