Comments Add Comment

कलर्सका तीनवटा स्मार्टफोनको मूल्य घट्यो


६ चैत, काठमाडौं । बारफोन प्रयोगकर्तालाई स्मार्ट फोनमा परिवर्तन गर्ने लक्ष्यका साथ कलर्स मोबाइलले आफ्ना तीनवटा मोडलका स्मार्टफोनको मूल्य घटाएको छ ।

जसअनुसार यसअघि ११ हजार ४ सय ९५ रुपैयाँ पर्ने पी८५ अब ९ हजार ९ सय ९५ रुपैयाँमै पाइने छ । यस्तै ७ हजार ४ सय ९५ पर्ने पी५० अब ६ हजार ६ सय ९५ मा उपलब्ध हुने छ । पहिले ६ हजार ४ सय १० मूल्य रहेको पी३२ अब केवल ५ हजार ४ सय ९५ मा पाइने छ ।

पी ८५ का विशेषताहरुमा औंला छापको सेन्सर प्रमुख हो जसले तत्काल बन्द गर्न, खोल्न, तत्काल डायल गर्न, एप र म्यासेज बन्द गर्न, खोल्न मद्दत पुग्दछ । यसमा १६ जिबी रोम र १ जिबी र्‍याम, पछाडी ८ मेगापिक्सल र अगाडी ५ मेगापिक्सल क्यामरा रहेका छन् ।

यस्तै पी५०को विशेषतामा ५ इन्चको स्त्रिmन, १.३ गेगाहर्ज क्वाड कोर प्रोसेसर, २२०० एमएएच ली-आयोन ब्याट्री रहेको छ भनें पि३२ मा एण्ड्रोइड ६.०, १.३ गेगाहर्ज क्वाड कोर प्रोसेसर र ८ जिबी रोम र १ जिबी र्‍याम रहेको छ ।

नेपालमा कलर्स मोबाइलको बजारीकरण सन् २००९ देखि बिक्रि सुरु भएको कलर्स मोबाइल हाल झण्डै २७ लाख ग्राहकले चलाउने गरेको बिक्रेता टेलिटक नेपाल प्रा.लिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment