Comments Add Comment

अनौठो गाउँ, जहाँ प्लास्टिकका बोतलबाट बनाइँदैछ घर (फोटो फिचरसहित)

ढुुंगा, इँटा, काठ, सिमेन्ट, बालुवा, फलाम इत्यादि निर्माण सामाग्रीबाट घर बनिरहेको कुरा त नौलो होइन र समाचारको विषय बन्ने कुरा पनि भएन । तर जब पूरै गाउँभरी प्लास्टिकका बोतलले बनेका घर ठडिन थाल्छन् तब त्यो ठूलै समाचारको विषय बन्दोरहेछ ।
पर्यावरणका लागि हानिकारक मानिन्छ प्लास्टिकका बोतललाई । फोहोरको अधिक हिस्सा यस्तै प्लास्टिकका बोतलको हुने गरेको छ । नकुुहिने अर्थात् नसड्ने र पर्यावरणमा सयौँ वर्षसम्म रहिरहने भएकाले प्लास्टिकका बोतलले वातावरण नराम्रोसँग बिगार्छन् भने जलाएर नष्ट गर्दा समेत वायुु प्रदुुषण हुने गर्दछ ।मध्य अमेरिकी देश पनामामा एउटा यस्तो गाउँको निर्माण हुँदैछ जहाँका सबै घर प्लास्टिकका बोतलबाट बनेका हुनेछन् ।

यहीँ तथ्यलाई दृष्टिगत गर्दै पनामामा प्लास्टिकका फ्याँकिएका बोतलको वैकल्पिक प्रयोग गर्ने नयाँ उपाय निकालिएको छ ।

८३ एकड क्षेत्रफलमा बोतल भिलेज नामबाट एक गाउँ निर्माण भइरहेको छ, जुन परियोजना अब निकट भविष्यमै पूरा हुनेवाला छ ।

झण्डै १४ हजार प्लास्टिक बोतलबाट एउटा घर बनाउन सकिन्छ । गाउँमा प्लास्टिकका झण्डै १२० घर बनाइनेछ । त्यसका साथै सामुुदायिक केन्द्र, पभेलियन तथा बगैँचा पनि बनाइनेछ ।

मजबुुतीको मामिलामा यी घर बनाउनमा कुनै सम्झौता गरिनेछैन । घरहरु निकै बलियो हुनेछन् । प्लास्टिकका घर भएका कारणले गर्दा यी बातानुुकुलित पनि हुने र गर्मीको समयमा अरु आम घरको तुुलनामा यी घरभित्रको तापमान निकै कम हुुने भएकाले एसीको प्रयोग गर्नुनपर्ने दाबी गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment