Comments Add Comment

ऐश्वर्यका पिताको अन्तिम संस्कारमा ओइरिए बलिउडकर्मी

 

६ चैत, काठमाडौं । शनिबार राति करिब साढे ९ बजे ऐश्वर्य रायको पिता कृष्णराज रायको अन्तिम संस्कार चलिरहँदा बलिउडकर्मी भावुक देखिए ।

अमिताभ बच्चन परिवार सहित शाहरुख खान, रणबीर कपुर, रणधीर कपुर, फरहान अख्तर, आशुतोष गावारिकर, संजय लीला भन्साली लगायत बलिउडका केहि हस्ती कृष्णराजाको अन्तिम बिदाईमा सहभागी भएका थिए ।

पछिल्लो एक साताअघि मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका कृष्णराज राय उपचारको क्रममा शनिबार मध्यन्ह निधन भएको हो । आर्मीका रिटायर्ड बायोलोजिस्ट उनी क्यान्सर पीडित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment