Comments Add Comment

म्यानचेष्टर युनाइटेड पाँचौं स्थानमा उक्लियो

६ चैत, काठमाडौं । मिडिलब्रोलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

आइतबार भएको खेलमा म्यानचेष्टर युनाइटेडले मिडिलब्रोलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । मिडिलब्रोको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले फिलिनीको गोलबाट अग्रता लिएको थियो ।

खेलको ६२ औं मिनेटमा लिनगार्डले भ्रमणकारी टोलीको अग्रता दोब्बर पारे । ७७ औं मिनेटमा गेस्टेडले गोल गर्दै मिडिलब्रोलाई खेलमा फर्काउने प्रयास गरे ।

खेलको अन्तिममा भ्यालेन्सियाले गोल गरेपछि म्यानचेष्टर युनाइटेड विजयी भएको छ ।

जितपछि म्यानचेष्टर युनाइटेडको २७ खेलबाट ५२ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment