शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

नुवाकोटका १८४ एकल महिलाले लगाए सामूहिक रुपमा रातो पहिरन

७ चैत, नुवाकोट । नुवाकोट बागेश्वरीका एकल महिलाले सामूहिक रुपमा रातो पहिरन लगाएका छन्  ।  सूर्यगढी गाँउपालिका–२ र ३ मा रहेका १८४ जना महिलाले रातो टीका, सारी र पछ्यौरा लगाएका हुन् ।

श्रीमानकाे निधनपछि महिलाले त्याग गर्दै आएको रातो पहिरनले समाजमा अपहेलित हुनुपरेको भन्दै सामूहिक रुपमा भेला भएर सौभाग्य ग्रहण गरेको बागेश्वरी एकल महिलाका अध्यक्ष देउती ढकालले बताइन् ।

“साविकको बागेश्वरी गाविसमा रहेका महिलामध्ये इच्छुक भएका १८४ जनालाई रातो टीका, पछ्यौरा र सारी लगाएर श्रीमान् गुमाउनु पर्दाको पीडा बिर्साउन र परिवारदेखि समुदायमा सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित हुने अपेक्षा गरेका छाैं  ।” अध्यक्ष ढकालले भनिन्,  “आफूले चाहेको पहिरन लगाउन नपाउँदा स्वतन्त्रता र समानतामा हुँदै आएको विभेदलाई हटाउन सन्देश दिएका छौँ ।”

सरकारी तथ्याङ्कअनुसार बागेश्वरीमा २२० जना एकल महिला रहेकामा अखिल नेपाल महिला सङ्घ केन्द्रीय समितिको समन्वयनमा भएको रातो पहिरन ग्रहणमा १८४ जनाले श्रीमान्को सौभाग्यको रुपमा रहको रातो टीकासहितका कपडा पहिरिएको सङ्घका केन्द्रीय सदस्य बिन्दा ढुङ्गानाले जानकारी दिइन् । एकल महिलालाई राज्यले सामाजिक सुरक्षा भत्ता दिँदै आए पनि सामाजिक पुनःस्थापना तथा समुदायमा रहेको विभेदकारी नीतिको अन्त्य गराउन भने पहल नगरेको उनीहरुको गुनासो छ ।

२०७३ चैत ७ गते ८:१० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • Sandip Sharma लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते ९:०४

    Wonderful attempt. Social stigmas like these have to be broken. A society cannot develop unless its women are not free. Kudos to the brave women.

    0
    0
    Share

  • sanu लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते २:५१

    Lets make it nationwide.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this