Comments Add Comment

झापाली समाज इजरायल अध्यक्षमा गणेश गौतम निर्वाचित

इजरायल । झापाली समाज इजरायलको अध्यक्षमा गणेश गौतम ‘सागर’ चयन भएका छन् ।  गत मार्च १८ मा तेलअविवको नेपाली दूतावास अगाडि भएको दोस्रो अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सन्दिप भण्डारी र उपाध्यक्षमा मित्र शिवाकोटीलाई चयन गरेको छ ।

त्यस्तै, महासचिवमा अनु थापा केसी, प्रवक्तामा सावित्रा लुइँटेल घिमिरे, सचिवमा नम्रता उपे्रती, कोषाध्यक्षमा गोमा कार्की र सहकोषाध्यक्षमा अमृता अधिकारीलाई नयाँ जिम्मेवारी दिइएको छ । महिला तथा युवा संयोजकमा भीमा नेम्बाङ नेउपाने चुनिएकी छन् भने संगठन विस्तार प्रमुखमा पुष्पराज आचार्य चयन भएका छन् ।
केन्द्रीय सदस्यहरुमा सुन्दर नेपाल, देवी खरेल पाण्डे, टिका ढुंगेल, नमा सेदुंग, निशा कट्वाल, सुष्मा काफ्ले भण्डारी, ललित दंगाल, माया बनेम, के हाङ सुब्बा,

बिमला लामा, भीमा थापा चयन भएका छन् । समाजको पूर्ण बैठकले कार्यसमितिमा थप सदस्य तथा सल्लाहकारको चयन गर्ने नवनियुक्त अध्यक्ष गौतमले बताएका छन् ।

निवर्तमान अध्यक्ष ललितचन्ऽ बजगाईंको सभापतित्व तथा चितवन समाजका इजरायलको महासचिव नयन सापकोटाको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको हो ।

कार्यक्रममा बिभिन्न संघ सस्थाका पदाधिकारीहरु, पत्रकारहरु, राजनीतिक दलका प्रतिनिधिहरु, बुद्धिजीबीहरु, खेलाडीहरु, संघसंस्थाका पदाधिकारी, सदस्यहरु तथा बृहत् जनमानसको उपस्थिति भएको नवनिर्वाचित अध्यक्ष गौतमले जानकारी दिए ।

समाजकी सचिव सावित्रा लुइँटेल घिमिरेले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् भने नेपाली राष्ट्रियगानलगत्तै नेपाली सहिदहरुप्रति एकमिनेट मौनधारण गर्दै कार्यक्रम अगाडि बढेको थियो ।

प्रमुख अथितिको हातबाट पानसमा दीप प्रज्वलन गरीे अधिवेशन उद्घाटन भएको थियो भने समाजको वाषिर्क आर्थिक गतिविधि कोषाध्यक्ष सन्दिप भण्डारीले प्रस्तुत गरेका थिए ।

समाजको एक वर्षसम्मको कार्यकालमा सहयोग पुर्याउने सल्लाहकारहरु, पत्रकारहरु, खेलाडीहरुलाइ प्रसंशा पत्र सभापति तथा प्रमुख अतिथिबाट प्रदान गरिएको थियो । समाजका निवर्तमान अध्यक्ष बजगाईंलाई सम्मानपत्रले सम्मानित तथा बिदाई पनि गरियो ।

औपचारिक कार्यक्रमको बीचमा सांगीतिक प्रस्तुतिले अधिवेशन रोमाञ्चक भएको थियो भने उपस्थित सबैलाई मिष्ठान्न भोजनका साथ समाजले जलपानको व्यवस्था पनि गरेको थियो ।
नवनियुक्त अध्यक्ष गौतमले असन्तुष्ट पक्षका सकारात्मक सुझावहरुलाई समेट्दै समाजले नयाँ ऊर्जाका साथ इजरायलदेखि नेपालसम्म सामाजिक क्रियाकलाप फैलाउने प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधि चयनमा विवाद भएको र समाज गुटउपगुटमा फसेको भन्ने आरोपका बीच अधिकांश सदस्यहरुको माग बमोजिम नयाँ कार्यसमिति चयन गरेको नवनियुक्त प्रवक्ता लुइँटेलले अनलाइनखबरलाई बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment