Comments Add Comment

यी महिलामा छ अनौठो क्षमता, सुँघेरै पत्ता लगाउन सक्छिन् क्यान्सर

प्राणघातक रोग क्यान्सरका धेरैजसो घटनामा बिरामीमा यो रोग अन्तिम अवस्थामा पुगिसकेपछि मात्र पत्ता लागेको पाइन्छ, जसकारण उपचार असम्भव हुन्छ र बिरामीको मृत्यु हुन्छ । तर एकजना यस्ती महिला फेला परेकी छिन् जसले कुनै मानिसलाई क्यान्सर भए नभएको कुरा सुँघेरै पत्ता लगाउन सक्छिन् ।

बेलायतको लण्डनमा बस्ने मेलोना नामकी करोडपति व्यापारी महिलामा यस्तो क्षमता छ । अत्तरको व्यवसाय गर्ने मेलोनाको व्यवसाय जस्तै सुँघ्ने क्षमता पनि अद्भुत छ । जसका कारण उनले आफ्नो व्यवसाय पनि गज्जबले अघि बढाउन सकेकी छिन् । उनको सुँघ्ने क्षमता यतिसम्म छ की उनी सुँघेरै कुने मानिसमा क्यान्सर भए नभएको समेत बताइदिन सक्छिन् ।

यद्यपि उनी आफ्नै पनि सन् २००३ देखि स्तन क्यान्सरबाट पीडित छिन् । यसका बाबजुत पनि उनले क्यान्सर रोग सुँघेर पत्ता लगाइदिन सक्छिन् । मानिसको सरीरुमा क्यान्सर रोगका कारण हुने रासायिनक परिवर्तन उनले सुँघेर पत्ता लगाउँछिन् ।

बेलायतको मिल्टन केन्सस्थित मेडिकल डिटेक्सन ड्रग सेन्टरमा उनको परीक्षण गर्दा उनमा सुँघ्ने अद्भुत क्षमता रहेको प्रमाणित भएको छ। उनले तेलमा मिसाइल एमाइल एसिटेट नामक रसायन दश लाख भागमा एक भाग मिसाइएको भएपनि सुँघेर पत्ता लगाउन सक्छिन् । जबकी सामान्य मानिसहरु १ हजार भागमा एक भाग उक्त रसायन मिसाइएको भएमा मात्र सुँघेर मिसावट पत्ता लगाउन सक्छन् ।

मेलोन सिनास्टेसिया नामक रोगबाट ग्रस्त छिन् । यो एक स्नायुरोग हो । जसमा इन्दि्रयहरु ओभरल्याप हुन्छन् । अर्थात् उनी ध्वनी तथा रंगको व्याख्या गन्धको जस्तै गर्छिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment