Comments Add Comment

ग्यालेक्सी एस एटमा अहिलेसम्मकै नौलो फिचर, अनुहार हेरेर अनलाइन भुक्तानी

दक्षिण कोरियाली कम्पनी सामसुुङले निकट भविष्यमा सार्वजनिक गर्ने भनिएको ग्यालेक्सी एस ट स्मार्टफोनका विषयमा अनेकथरी खबरहरु चर्चामा आएका छन् । पछिल्लो खबर अनुसार एस एटमा विश्वमा हाल उपलब्ध स्मार्टफोनहरु कसैमा पनि नभएको एउटा नयाँ फिचर हुनेछ । यस फिचर अन्तर्गत ग्यालेक्सी एस एटले तपाइँको अनुहार हेरेरै अनलाइनबाट रकम भुक्तानी गरिदिनेछ ।

ग्यालेक्सी एस एटमा फेशियल सेन्सरका माध्यमबाट अनलाइन पेमेन्ट गर्ने फिचर रहने बताइएको छ । यो फिचरका साथ सामसुुङले सिधै एप्पललाई टक्कर दिनेछ ।

मार्च महिनाको अन्त्यसम्ममा बजारमा आउने सम्भावना रहेको ग्यालेक्सी एस एटमा फिंगरप्रिन्ट, आइरिस तथा फेशियल डिटेक्सन जस्ता फिचर हुनेछन् ।
सामसुुंगको फेशियल सेन्टर पेमेन्ट फिचरसँग आबद्धताको लागि विभिन्न बैंकहरुसँग पनि सम्पर्क भैरहेको बताइएको छ, तथापि सामसुंगले यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

यद्यपि सामसुुङका ग्यालेक्सी फोनमा फेशियल एक्सप्रेसनका माध्यमबाट फोन अनलक गर्ने फिचर यसअघि नै रहिसकेको छ । एस एटमा भने फेशियल रिकग्निसन फिचरलाई अनलाइन पेमेन्टसँग आबद्ध गरिनेछ ।

एस एटमा यो फिचर आएसँगै प्रतिस्पर्धी कम्पनीहरुमा समेत आफ्ना स्मार्टफोनमा यहीँ फिचर हाल्नका लागि होडबाजी हुनसक्ने अनुमान गरिएको छ ।
अहिले कम्पनीहरुले पि्रमियम रेन्जका स्मार्टफोनहरुमा आइरिस तथा फिंगरपि्रन्ट स्क्यानरलाई प्रमुखताका साथ राख्न थालेका छन् ।

अहिलेसम्म प्राप्त खबरहरुका अनुसार ग्यालेक्सी एस एट दुुई भेरिएन्टमा उपलब्ध हुनेछ । एउटा ५.५ र अर्को ६.२ इन्च । यो डुुअल कब्र्ड स्क्रिन डिजाइनका साथ आउन सक्नेछ । यसमा र्याम ४ जिबीको हुने बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment