Comments Add Comment

जब २० वटा मृगले हवाइजहाजमा यात्रा गरे…

केही समय पहिले खाडी देशका एक राजकुमारले विमानमा बाजलाई यात्रा गराएको समाचार चर्चित बनेको थियो । यो पाला चाहीँ जहाज चढ्ने पालो मृगको आएको छ ।

हो, २० जना बाह्रसिंगा मृगले हालै हवाइजहाजको यात्रा गर्ने मौका पाएका छन् । त्यो यात्रा लरतरो थिएन किनकि उनीहरुलाई एक विशेष समारोहमा लगिँदै थियो ।
वास्तवमा रुसको साइबेरियामा यी मृगहरुको विशेष समारोह हुन्छ ।

त्यसक्रममा मृगको दौडलगायतका विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । साइबेरियामा हिउँ जमिरहने हुनाले त्यहाँ सडक मार्गबाट जान गाह्रो हुन्छ । त्यसैले बाह्रसिंगाहरुलाई जहाजमा चढाएर लगिएको हो । विमान यात्राका क्रममा मृगहरुलाई गाह्रो नहोस् भनेर पर्याप्त गोठालाहरु पनि खटाइएको थियो । जसले मृगहरुलाई जहाजभित्र खाना तथा पानी खुवाउने काम गरेका थिए ।

मृगहरुको जहाज यात्राका तस्वीरहरु सोसल मिडियामा खुुबै चर्चित बनेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment