Comments Add Comment

अमेरिकाको  बाल्टिमोरमा जातीय विभेद विरुद्ध कार्यक्रम

बाल्टिमोर । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा जातीय तथा सबै प्रकारका विभेद विरुद्ध प्रवासी अभियान कार्यक्रम गरिएको छ l

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा आयोजित कार्यक्रमको उद्घाटन न्यूयोर्कका महावाणिज्यदूत कृसु क्षेत्रीले गरेका थिए ।

न्याय र समानताका लागि हामी जहाँ भए पनि, केही गरौं भन्ने नारा सहित आयोजित कार्यक्रममा वासिङ्टन डिसी महानगर क्षेत्र तथा अमेरिकाका विभिन्न राज्यमा क्रियाशील संघ/संस्थाका प्रतिनिधिको उपस्थिति थियो l

डीसी महानगर क्षेत्रमा विभेद विरुद्ध सहितका सामाजिक काम गर्दै आएको नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ड कम्युनिटी, दलितका अधिकार सम्बन्धी काम गर्दै आएको इन्टरनेसनल कमिसन फर दलित राइट तथा नेपालका दलित महिला तथा बालबालिकाको मानव अधिकारको पक्षमा काम गर्दै आएको नेपाल दलित महिला उत्थान संघ को संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दलित आन्दोलनमा योगदान पुर्‍याउने युएसनेपाल अनलाइनका संस्थापक प्रदीप परियार थापा, प्रकाश नेपाल, द्रोण रसाइली, डा. डीके गुरूङ, चन्द्रकला सुन्दर र विक्रम पोखरेललाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीले समाजमा दलितको भूमिकालाई उपेक्षा गरिएको भन्दै अमेरिकाको नेपाली समुदायमा दलितलाई विभेद गरेमा त्यसलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, न्युजर्सीबाट आएकी महिला अधिकारकर्मी तथा एडवानकी संस्थापक सभापति विष्णुमाया परियारले छुवाछत र विभेद सबैको समस्या भएकोले यसलाई निमिट्यान्न पार्न सहकार्य गर्नुपर्ने बताइन् ।

आइसीडीआरका संस्थापक सभापति डिबीसागर विश्वकर्माले मन्तव्य राख्दै केही सुझाव पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment