शनिबार, ७ असोज, २०७४
OnlineKhabar.com

इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट खरिद गर्ने , बोलायो विशेष साधारण सभा

अनलाइनखबर

७ चैत, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंक खरिद गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ ।

नेपाल स्टक एक्स्चेञ्जमा दिइएको जानकारी अनुसार बैंकले चैत्र २५ गते विशेष साधारणसभा बोलाएको हो ।

यस अघि नै एस डेभलपमेन्ट बैंक खरिद प्रक्रिया अघि बढाएको बैंकले एसको प्रतिसेयर ४१ रुपैयनँ हुने गरि खरिद गर्न लागेको बुझिएको छ ।

हाल एस डेललपमेन्ट बैंकको १ अर्ब २० करोड चुक्ता पूँजी रहेको छ भने बैंक खरिदसँगै इन्भेष्टमेण्टको चुक्ता पूँजी ९ अर्ब २० करोड पुग्नेछ ।

२०७३ चैत ७ गते ११:४२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this