Comments Add Comment

इन्धनको मूल्य घटाउन आपूर्ति मन्त्रालयले माग्यो ११ अर्ब

७ चैत, काठमाडौंं । आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थ र एलपी ग्याासको मूल्य घटाउन सरकारसँग करिव ११ अर्ब माग गरेको छ ।

आपूर्ति सचिव प्रेमकुमार राईले करिव ११ अरव सरकारले व्यवस्था नगरे पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य घटाउन नसकिने पनि बताए । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याासको मूल्य घटाउन व्यवस्थापिका संसद अन्तरगतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आपूर्ति मन्त्रालयलाई दबाव दिएको छ ।

समितिको सोमबारको बैठकमा आपूर्ति सचिव राईले सडक सुधार खर्च वापत लाग्ने रकम ८ अर्ब ७ करोड, ३७ लाख १ हजार ८८ रुपैयाँ, पूर्वाधार शुल्क वापत लाग्ने १ अर्ब १६ करोड ३५ लाख ४६ हजार ७ सय १५ रुपैयाँ र प्रदुषण नियन्त्रण वापत लाग्ने रकम १ अर्ब ६३ करोड ९१ लाख १ हजार ७ सय ६ रुपैयाँ पैसा अर्थ मन्त्रालयले निकासा गरेमात्रै पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य घटाउन सकिने बताए ।

भन्सार दस्तुर वापतको रुकममा छुट दिन नसकिने अर्थको निर्णयले पनि इन्धनको मूल्य घटाउन नदिएको भएको उनले बताए ।

आपूर्ति मन्त्रालयलेे नेपालमा बिक्री गरिने पेट्रोलियम पदार्थको विक्री मूल्य भारतीय सीमावर्ती बजारको मूल्य भन्दा सस्तो हुन नहुने सर्त अर्थ मन्त्रालयले राखेको पनि स्मरण गराएको छ । अर्थ मन्त्रालयले भारतीय सीमावर्ती बजारको मूल्य भन्दा कम गरी पेट्रोलियम पदार्थ विक्री नगर्न आपूर्ति मन्त्रालयलाई २०७१ साल बैशाख ६ गते नै पत्राचार गरेको थियो ।

सोही समययता पेट्रोलियम पदार्थको मूल्य घटाउन आपूर्ति मन्त्रालयलाई नीतिगत रुपमै अप्ठयारो पर्दै आएको सचिव राईले समितिलाई जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment