Comments Add Comment

अदालत बहिस्कार गर्ने महान्यायाधिवक्ता र बरिष्ठ वकिल एकाविहानै देउवा निवासमा

महान्यायाधिवक्ता रमण श्रेष्ठ

७ चैत, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक बढुवा विवादको मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलास बहिस्कार गरेका महान्यायाधिवक्ता रमण श्रेष्ठ एकविहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेको खुलेको छ । श्रेष्ठसँगै डीआईजी जयबहादुर चन्दको पक्षमा बहस गरिरहेका वरिष्ठ अधिवक्ताहरु पनि त्यहाँ पुगेका थिए ।

श्रेष्ठले आइतबार प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलास बहिस्कार गरेका थिए । अन्तरिम आदेश दिने र त्यसलाई निरन्तरता दिने न्यायाधीशहरु नै राखेर पूर्ण इजलास गठन गरेकोमा उनको आपत्ति थियो ।

सोमबार सरकारी वकिलको तर्फबाट दुई उपमहान्यायाधिवक्ता टीकेन्द्र दाहाल र रेवती त्रिपाठीले बहस गरेका छन् । तर, डीआईजी चन्द पक्षीय वकिलहरुले पनि बहस गरेनन् । चन्द पक्षका वकिलहरु अनुपस्थित भएपछि माइकिङ गरेर नाम बोलाइएको थियो । तर, सुशील पन्त, प्रेमबहादुर खड्का, महादेव यादव, सतिश खरेल लगायत वरिष्ठ अधिवक्ताहरु गएनन् ।

महान्यायाधिवक्ता श्रेष्ठसँगै उनीहरु सबै कांग्रेस सभापति देउवाको निवासमा पुगेका थिए ।

श्रेष्ठले आफू बुढानीलकण्ठस्थित देउवा निवासमा गएको अनलाइनखबरसँग स्वीकार गरे । ‘सबैले सम्पर्क गर्नु स्वाभाविक हो । मुद्दाको स्थिति के हो भन्ने थियो । हामीले आफ्नो कुरा राख्यौं,’ उनले भने, ‘जसले अन्तरिम आदेश दिएको छ, उहाँहरु नै हुनुहुन्छ । त्यहाँ बढी बहस गर्न आवश्यक छैन । म आफू जान्नँ भनेँ ।’

नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष समेत रहेका प्रेमबहादुर खड्काले पनि देउवासँग भेट भएको स्वीकार गरे । देउवा आफ्नो त पार्टी सभापति समेत भएकाले भेट हुनु सामान्य भएको अधिवक्ता खड्काले बताए ।

तर, बाहिर चर्चा भएजस्तो प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्नेबारे कुनै छलफल नै नभएको महान्यायाधिवक्ता श्रेष्ठ र अधिवक्ता सिंहले बताए ।

यो पनि पढ्नुहोस् 

राप्रपाको विधानबाट राजतन्त्र र हिन्दूत्व हटाउने निर्णय सरकारकै सल्लाहमा

आईजीपी विवादमा सर्वोच्चले भोलि फैसला सुनाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment