Comments Add Comment

वाणिज्य मन्त्रीले भने : २ सहसचिवले पुगेन, थप २ आवश्यक

७ चैत, काठमाडौं । २०७२ पुसमा वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्राएर अलग अलग मन्त्रालय बनाइएको भएपनि अहिलेसम्म यी मन्त्रालय टुक्राउँदाको समस्या समाधान हुन सकेको छैन् ।

‘हामीले दुई जना सहसचिवबाट काम लिनु परिरेहेको छ, मन्त्रीको कोटा पुर्याउँने नाममा भएको बाँडफाँटले हामीलाई काम गर्न समस्या भएको छ,’ सोमबार वाणिज्य मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री रोमी गौचन थकालीले भने । वाणिज्य मन्त्रालयले परिणाम मुखि काम गरोस भन्ने सरकारले चाहना गर्ने हो भने र देशको व्यापार घाटा नियन्त्रण गर्ने हो भने वाणिज्य मन्त्रालयको प्राविधिक पक्ष सरकारले बुझ्नु पर्ने उनले दोहोर्याए । उनले मन्त्रालयको सञ्चालन गर्दा ‘ओएनएम’ संरक्षित हुनै पर्नेमा पनि जोड दिए ।

मन्त्री थकालीले मन्त्रालयमा कम्तिमा ४ जना सहसचिव हुनु पर्ने बताए । संयुक्त रुपमा वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदा ३ सहसचिव रहेको थियो । अहिले वाणिज्यमा दुई सहसचिव राखेर न आपूर्ति मन्त्रालयमा भने एक मात्र सहसचिव राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment