Comments Add Comment

चोभारमा सुख्खा बन्दरगाह र अन्र्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने

सुन्दर मञ्जीश्री पार्क पनि बनाउने

७ चैत, काठमाडौ । सरकारले चोभारस्थित हिमाल सिमेन्ट कारखाना रहेको जग्गामा सुख्खा बन्दरगाह र एक अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने भएको छ ।

मुख्य सचिव सोमलाल सुवेदीले त्यसका लागि सहयोग गर्न वन तथा भु-संरक्षण मन्त्रालय र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

यस्तै सोही क्षेत्रमा रहेको वाँकी भुभागलाई मञ्जुश्री पार्कको रुपमा निर्माण गर्न समेत निर्देशन दिएका छन् ।

उक्त जमिन प्रयोग गर्ने सन्दर्भमा ती मन्त्रालयहरुवीच समन्वयन हुन नसकेपछि मुख्य सचिव सुवेदीले सम्वन्धित मनत्रालयका सचिवहरुलाई बोलाएर त्यस्तो निर्णय सहितको निर्देशन दिएका हुन् ।

मुख्य सचिव सुवेदीले त्यस क्षेत्रमा अनाधिकृत रुपमा रहेका टहरा, रेष्टुरेन्ट, पार्किङ्ग, पोल्टी र्फम लगायतका संरचना हटाउन समेत निर्देशन दिएका छन् ।

यस्तै उक्त सुख्खा बन्दरगाह क्षेत्रमा पर्ने सडक सिधा पार्न पनि निर्देशन दिएका छन् । चोभार क्षेत्रमा अहिलेको सडक संरचना बढी घुमेको, अप्ठेरो मोडको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment