Comments Add Comment

सीमा नाकाहरुमा एकै किसिमको प्रयोगशाला राखिने

७ चैत, काठमाडौं । वाणिज्य मन्त्रालयले आयात तथा निर्यात हुने दुवै सामग्रीको परिक्षण प्रणालीमा एक रुपता अपनाउने गरि छिमेकी राष्ट्रहरुसँग छलफल चलिरहेको जानकारी दिएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वाणिज्य मन्त्री रोमी गौचन थकालीले आफ्नो कार्यकालको समिक्षा गर्दै यस्तो जानकारी दिएका हुन् ।

अदुवाको गुणस्तरलाई लिएर भारतीय व्यापारी र नेपाली किसानबीचको मतभेद अन्त्यको लागि यस्तो व्यवस्था गर्न लागिएको हो । त्यस्तै, भारतले नेपाली जुटको निर्यातमा लगाएको एन्टि डम्पिङ ड्युटी हटाउन पनि छलफल भइरहेको जानकारी दिइएको छ ।

एन्टि डम्पिङ ड्युटीभन्नाले आयातकर्ता देशले निर्यात हुने सामाग्रीको बजार मूल्य हुनुपर्नेभन्दा बढि भएको मानेर निरुत्साहित गर्न लगाइने अतिरिक्त कर भनेर बुझिन्छ । भारतले पाँच वर्षको लागि जुट तथा जुटबाट बनेको सामाग्रीमा प्रति टन ६.३० डलर देखि ३ सय ५१.७२ डलर ड्युटी लगाएको छ । मनत्री थकालीका अनुसार यसमा प्राविधिक पक्षमा छलफल भइरहेको छ ।

उनले विराटनगरमा भारत तथा नेपाल पक्षबाट बनाउन लागेको एकिकृत परिक्षण केन्द्र (आइसीपी÷ इन्ट्रिगेटेड चेक पोष्ट) को लागि हेरिएको जग्गामा ट्रान्समिसन लाइन परेकोले केही ढिलाई भइरहेको जानकारी दिएका छन् । विरगन्जमा भने यस्तो केन्द्र निर्माण भइसकेको छ । यस सहित भैरहवा र नेपालगन्जमा पनि यस्तो केन्द् निर्माण गर्ने लक्ष्य राखिएको छ ।

७ महिनामा ५ देश भ्रमण

मन्त्री थकालीले आफ्नो हालसम्मको ७ महिने कार्यकाल अवधिमा ५ ओटा देशमा भएको व्यापार तथा उत्पादन सम्बन्धि बिभिन्न अन्तराष्ट्रिय सम्मेलनमा सहभागिता जनाएका छन् । भारत र बंगलादेशमा भएको दुई/दुई पटकको अलग अलग फोरममा सहभागिता जनाएका हुन् भने इटाली, जर्मनी, भियतनाममा भएको अन्तराष्ट्रिय सम्मेलनहरुमा पनि उनको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment