Comments Add Comment

रुपन्देही निर्वाचन कार्यालयमा पनि राप्रपाको धर्ना


७ चैत, भैरहवा । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्णय गरेको विरोधमा रुपन्देही जिल्ला निर्वाचन कार्यालयमा पनि राप्रपाले धर्ना दिएको छ ।

पार्टीका जिल्ला अध्यक्ष सागर प्रताप राणाको नेतृत्वमा नेता कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।

नाराबाजी गर्दै कार्यालय अगाडि धर्ना बसेका नेता कार्यकर्ताले रुपन्देही निर्वाचन कार्यालयका प्रमुख हुमनाथ गौतमलाई ज्ञापन पत्र बुझाएका छन् ।

काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा धर्ना दिन खोज्दा प्रहरी र राप्रपाका नेता-कार्यकर्ताबीच झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment