Comments Add Comment

भोडाफोन र आइडिया मिल्ने घोषणा, जियोलाई टक्कर

दिल्ली । भोडाफोन र आइडियाले सोमबार आफ्नो कम्पनी विलय भएको घोषणा गरेका छन् । नयाँ कम्पनी भने घोषणा हुन बाँकी छ ।

दुबै कम्पनी पछिल्लो एक महिनादेखि सम्वादमा थिए । यो नयाँ घोषणासँगै भोडाफोन र आइडियाले मिलेर बन्ने नयाँ कम्पनी भारतकै सबैभन्दा ठूलो टेलिकम कम्पनी बन्नेछ ।

अर्थात यसले जियोलाई टक्कर दिनेछ । आइडियासँग १९ र भोडाफोनसँग २० करोड भन्दा बढी ग्राहक छ । डिसेम्बर २०१६ को तथ्यांक अनुसार एयरटेलसँग २७ करोड ग्राहक थियो ।

भारतमा अहिले मोबाइल कम्पनीहरुबीच ग्राहक बढाउने भन्दा पनि डेटा प्रयोग बढाउन होड चलेको छ । २ जी, थ्री जी र ४ जी सेवा प्रयोग गर्ने आइडियाका ४.९ र भोडाफोनको ६.५ करोड ग्राहक छन् ।

जबकी एयरटेलको करिव ५.५ ग्राहकले डेटा सर्भिस प्रयोग गर्ने गरेका छन् । डेटा सर्भिससँगै स्मार्टफोनमा विभिन्न सेवा दिन पनि टेलिकम कम्पनीहरुबीच प्रर्तिस्पर्धा चल्दै आएको छ । जुन कम्पनीले तीव्र गतिमा ग्राहकलाई आफूतिर आकषिर्त गर्न सक्छ, उ यो दौडमा आगाडि हुन्छ ।

रिलाइन्स जियोले लञ्चपछि पहिलो ६ महिनामा १० करोड ग्राहक बनाएर हंगामा मच्चाएको थियो । जबकी आइडियालाई १९ करोड ग्राहक बनाउन १० वर्ष लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment