Comments Add Comment

भारतीय र श्रीलंकाभन्दा नेपाली बढी खुसी, वर्ल्ड ह्याप्पीनेस रिपोर्टमा नर्बे नम्बर वान

बिनासकारी भूकम्पको घाउ अझै निको भएको छैन । आर्थिक सुरक्षा खोज्दै बिदेशिने दर घटेको छैन । सामाजिक अपराध नियन्त्रण भएको छैन । राजनीतिक अस्थिरता उस्तै छ । महंगी बढ्दो छ । तैपनि, नेपालीहरु त्यती निरास र दुखीः छैनन्, जति छिमेकी भारत छ ।

युनाइटेड नेसनका वल्र्ड ह्याप्पिनेस रिपोर्ट-२०१७ ले त्यसै भन्छ । उक्त रिपोर्ट अनुसार विश्वको खुसी मुलुकमा नेपाल ९९ औं नम्बरमा छ । जबकी भारत १ सय २२ औं नम्बरमा छ । त्यस्तै अर्काे दक्षिण एसियाली मुलुक श्रीलंकलाई पनि नेपालले उछिनेको छ । श्रीलंका यो सूचीमा १ सय २० औं नम्बरमा छ । उत्तरी छिमेकी चीन भने हामीभन्दा बढी खुसी देखिए । रिपोर्टमा चीन ७९ औ नम्बरमा छ ।

जिज्ञासा उठ्न सक्छ, संसारकै सर्बाधिक खुसी देश कुन होला ?

जबाफ हो, नर्बे । उक्त रिपोर्टले नर्बेलाई विश्वकै सबैभन्दा खुसी देशमा सूचिकृत गरेको छ । यो अघिल्लो बर्ष चौथो नम्बरमा थियो । नर्बेले डेनमार्कलाई उछिन्दै पहिलो नम्बरमा उक्लिएको हो ।

के हो ह्याप्पीनेसको महत्व ?

वल्र्ड ह्याप्पीनेस रिपोर्ट २०१७ तयार गर्ने सस्टेनेबल डेभलोपमेन्ट सोल्युसन नेटवर्कका निर्देशक जेफरी एसका भन्छन्,  ‘खुसी देश त्यो हो, जहाँ खुसीयाली, समाजमा भरोसा, समानता र सरकारप्रति बढी भरोसा छ । र, यि सबैमा राम्रो सन्तुलन छ ।’

प्रतिव्यत्ति जीडीपी अर्थात कुल घरेलु उत्पादन, राम्रो जीवनशैली, आयु,  स्वतन्त्रता, सामाजिक सुरक्षा र सहयोग, उदारता, सरकार र व्यपारमा सून्य भ्रष्टचारको आधारमा त्यस देशको खुसी मापन गरिन्छ ।

नर्बे नम्बर वान

२०१२ यता डेनमार्क सबैभन्दा खुसी देशमा दरिएका थिए । र, धेरैजसो नर्बे नम्बर चारमा पथ्र्यो । यसपाली चाहि नर्बेले डेनमार्कलाई उछिनेको छ ।

रिपोर्टको अनुसार नर्बेले आफ्नो देशमा तेलको मूल्य कम भएपनि नम्बर वान स्थान हासिल गरेको हो । केवल तेलको सम्पतिले मात्र सबैभन्दा खुसी तुल्याएको होइन, उनीहरुले तेल कम मात्रामा उत्पादन गरिरहेको छ । तर, भविष्यका लागि उनीहरुले लगानी गरिरहेका छन् ।

नर्बेको मानिसहरुमा आपसी भरोसा छ । उनीहरु कुनै न कुनै उदेश्यका साथ काम गरिरहेका छन् । नर्बेका बासिन्दा उदार छन् । र, सरकार पनि राम्रो छ ।

कुन देशको मानिस सबैभन्दा बेखुस

सब-सहारा अफ्रिकामा पर्ने देश जस्तो कि सीरिया र यमन सबैभन्दा बेखुस देशमा दरिएका छन् । खुसीको तराजुमा उनीहरु सबैभन्दा कमजोर देखिएका छन् ।

चीनमा मानिस त्यती खुसी छैनन्, जति २५ बर्षअघि थिए

रिपोर्ट अनुसार चीनमा २५ बर्षअघि मानिस सबैभन्दा बढी खुसी थिए । १९९० देखि २००५ को बीचमा चीनमा मानिसहरुको खुसी हराउँदै गयो । यहाँ बेरोजगारी बढ्यो । सरकारको सुरक्षा कोष कम भयो ।

अमेरिका पनि त्यती खुसी छैन

२००७ मा अमेरिका तेस्रो नम्बरमा थियो । यसपाली भने १४ औं नम्बरमा झरेको छ ।

उत्कृष्ट १० खुसी देश

१. नर्वे

२. डेनमार्क

३. आइसल्यान्ड

४. स्विजरल्यान्ड

५. फिनल्यान्ड

६. नेदरल्यान्ड

७. क्यानडा

८. न्यूजील्यान्ड

९. अष्ट्रेलिया

१०. स्विडेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment