Comments Add Comment

निखिललाई प्रहरीको बर्दी कति सुहाउला ?


के, नेपाली चलचित्र क्षेत्रका एक्सन स्टार नायक निखिल उप्रेतीलाई प्रहरीको भूमिका सुहाएकै हो ? चलचित्र ‘भैरव’मा प्रहरीको भूमिकामा देखिएका निखिल चैत्र ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘निर्भय’मा पनि प्रहरीकै भूमिकामा छन् ।

के निखिललाई प्रहरीको भूमिका सुहाएको हो ? ‘भैरव’को व्यापारले त्यसको केहि पुष्टी गरेपनि ‘निर्भय’ले यसलाई स्पष्ट पार्नेछ । यसको निर्माणपक्ष काठमाण्डौ बाहिरको प्रचारको कार्यक्रम सकेर मंगलबार काठमाण्डौ फर्किएको छ । पोखरा, चितवन, वुटवल लगायतका स्थानमा नायिका नीता ढुंगाना र केहि स्थानमा नायक निखिल उप्रेतीले प्रचारमा साथ दिए । काठमाण्डौ बाहिरको प्रचार अभियान सफल भएको निर्माणपक्षको वुझाई छ ।

नीता, यो चलचित्रमा आफूले देशका लागि लड्न पतिलाई साथ दिने भूमिकामा देखिएको बताउँछिन् । निर्देशक मधुसुदन भट्टराई चलचित्र लेख्दै जाँदा प्रहरीको भूमिका सबैभन्दा उत्तम देखिएको र कलाकार छनोटमा पनि निखिलको विकल्प नदेखेको बताउँछन् । उनले चलचित्रको कथावस्तु, गीतसंगीत, कलाकार, प्रस्तुती उत्कृष्ट भएकाले पनि दर्शकले मन पराउने बताए ।

निर्माता देविप्रसाद पाण्डे आफू यो टीमबाट पूर्ण सन्तुष्ट भएको बताउँछन् । उनले, यो चलचित्रबाट लगानी मात्र उठेको खण्डमा पनि अर्को चलचित्र निर्माण गर्ने बताए ।

नेपाली चलचित्रमा निखिल उप्रेतीलाई प्रहरीको भूमिकामा देखाउन निर्माता-निर्देशक अग्रसर देखिएका छन् । यो चलचित्रमा भ्रष्टचार गर्ने मन्त्रीलाई समेत नछाड्ने प्रहरीको भूमिकामा निखिल देखिएका छन् । निखिलको पर्दामा प्रहरी कनेक्शन गजबको देखिएको छ । ‘निर्भय’को टिम निखिलको यहि कनेक्शनका कारण पनि चलचित्र चल्नेमा ढुक्क देखिएको छ ।

नीतासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment