Comments Add Comment

खुल्यो ‘मिस नेपाल’का लागि आवेदन


नेपालमा यतिबेला सौन्दर्य प्रतियोगीताको बाढी नै लागेको छ । विभिन्न नाम दिएर दैनिकजसो सौन्दर्य प्रतियोगीता भैरहेका छन् । तर, पनि ‘मिस नेपाल’को प्रतिष्ठा भने भिन्नै छ ।

‘मिस नेपाल’ भएपछि पाउने सम्मान र चर्चाका कारण पनि यूवतीहरु यो प्रतियोगीतामा सहभागी हुन लालयित हुन्छन् । तर, पछिल्ला केहि बर्षमा भने यो सौन्दर्य प्रतियोगीताको पनि महत्व कम भएको देखिन्छ ।

‘मिस नेपाल’को आयोजक संस्था हिडन ट्रेजरले नयाँ ‘मिस नेपाल’को संकरणका लागि आवेदन खुला गरेको जनाएको छ । प्रतियोगितामा १९ देखि २४ वर्षसम्मका ५.४ फिटदेखि माथि उचाई भएका अविवाहित युवतीले भाग लिन पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुन चाहनेहरुले आउँदो चैत ३१ गते भित्र हिडन ट्रेजरको कार्यालय कुपण्डोलमा आवेदन दिन सक्नेछन् । आवेदन र्फम मिस नेपालको वेबसाईटबाट पनि डाउनलोड गर्न सकिने छ ।

यसपाली पनि आयोजक संस्थाले काठमाडौं, धरान, पोखरा, चितवन र धनगढीमा अडिसन लिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment