Comments Add Comment

‘रातो घर’सँगै जेठ महिना प्याक


यो बर्ष विभिन्न महिनामा मिति प्रदर्शन गरेर पनि रिलिज हुन नसकेको चलचित्र ‘रातो घर’ अब आउँदो बर्षको जेठ महिनामा रिलिज हुने भएको छ । सुरज सुब्बा ‘नाल्बो’को निर्देशनमा बनेको यो चलचित्रले लागूपदार्थको बिषयमा बनेको यो चलचित्र जेठ १९ गतेबाट रिलिज हुने भएको छ । योसँगै जेठ महिनाको हरेक हप्तामा नयाँ चलचित्र रिलिज हुने भएको छ ।

यो चलचित्रमा विल्सन बिक्रम राई, गौरब पहारी, संयम पुरी, जितेन तामाङ, विकेश श्रेष्ठ, मेनुका प्रधान, उपासना लिम्बुलगायतको अभिनय छ । पूर्वी नेपालको शहर बिर्तामोडका युवाहरुको संघर्षको कथामा बनेको भनिएको यो चलचित्र विदेशका केहि शहरमा प्रदर्शन भईसकेको छ ।

अमेरिका, अष्ट्रेलिया र युरोपका केहि मुलुकमा प्रदर्शन गरिएको ‘रातो घर’लाई नेपाली दर्शकले कस्तो मान्ने हुन् अहिल्यै भन्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment