Comments Add Comment

नेपाल फेस्टिवल एडिलेडः भादगाउँले टोपी र सारीमा विदेशी

२६ मार्च, एडिलेड । गैर आवासीय नेपाली संघ साउथ अस्ट्रेलियाको आयोजनमा साउथ अस्ट्रेलियाको एडीलेडमा नेपाल फेस्टिभल-२०१७ भव्यताका साथ सम्पन्न भएको छ ।

करिब ३ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेको उक्त कार्यक्रम नेपाली कला, संस्कृति र पर्यटनको बिकाश उद्देश्यका साथ आयोजना गरिएको थियो । बिहान ११ बजे संस्कृतिक झाँकीसहित सुरु भएको कार्यक्रममा नेपालबाट आएको कुटुम्ब ब्याण्डले साउथ अस्ट्रेलियाको स्थानियको समेत मन जित्न सफल भएको छ ।

नेपालबाट आएका लोकदोहोरी गायक प्रजापति पराजुली, नारायण रायामाझी, शान्ति परियार, सिड्नीबाट आएको “हामी” ब्याण्डसहित स्थानिय कलाकारहरुको प्रस्तुतिले स्टेज तताएको थियो ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिगदेलको अध्यक्षता भएको औपचारिक कार्यक्रममा कार्यबाहक राजदुत राजेन्द्र पाण्डे, आईसीसी अध्यक्ष शेष घले, मल्टिकल्चर मन्त्रि जोइ बेटिसन, लेजेस्लेटिभ काउन्सिलका अध्यक्ष रसल वोर्थ्ली लिबरल संसादहरु जिंग ली, जोन गार्डेनर, रयाचल स्यनड्रेसन, मेयर मार्टिन हेस लगायत धरै राजनीतिक क्षेत्रको उपस्थिति रहेको थियो ।

हरेक दुई वर्षमा आयोजना गरिने यस कार्यक्रमको लागि अष्ट्रेलियाका विभिन्न स्टेटबाट गैरआवासीय नेपाली संघका पदाधिकारीहरु समेत उपस्थित थिए ।

सो अबसरमा मल्टिकल्चर मन्त्रि जोइ बेटिसनले नेपाल फेस्टिभलको लागि शुभकामना ब्यक्त गरेकी थिईन नेपाली भादगाउँले टोपीमा सजिएर स्टेजमा चढेकी लिबरल संसाद जिंग लीले “यहाँहरु सबैलाई नमस्ते भन्दै नेपालीमा आफ्नो मन्तब्यको सुरुवात गरेकी थिईन । “म नेपालकै सपना देखिरहन्छु, सपनामा हिमाल देख्छु” उनले भनिन-  नेपालबाट लिएर आएको गहनामा सजिएर आउँदा त मलाई म नेपाली नै हुँ जस्तै अनुभब भैरहेको छ ।’

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यष शेष घलेले साउथ अस्ट्रेलियाको नेपाली समुदायबाट आफु धेरै नै प्रभावित भएको बताए ।

गएको चार बर्षमा आफु थुप्रै देशहरु घुमे पनि नेपाली कला र संस्कृतिको गहिरो छाप छाड्नेगरी यो स्तरमा नेपाल फेस्टिवलको आयोजना भएकोआफुले नदेखेको भन्दै नेपाल फेस्टिवलका आयोजक तथा साउथ अष्ट्रेलियाको नेपाली समुदायलाई उनले बधाइ दिए ।

बेलुका ८ बजे सम्म चलेको कार्यक्रममा नेपाली खानाका परिकार, व्यवसाय, नेपाल हाउस लगायतका स्टलहरु राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment