Comments Add Comment

मधुमेहका बिरामीले मेवा खानु लाभदायक  

स्वास्थ्यका लागि फलफूल सेवन लाभदायक हो । तर, बेमौसमी फलफूल त्यती प्रभावकारी हुँदैन, जति हामी ठान्छौं । कृतिम ढंगले उत्पादन गरेको फलफूल भन्दा प्राकृतिक रुपमा सहि मौसममा फलेको एवं पाकेको फल नै सर्बोत्तम हो । किनभने कुनैपनि फल प्रकृतिले त्यही सिजनमा फलाएको छ, जतिबेला आवश्यक हुन्छ ।

यतिबेला मेवाको मौसम छ । मेवा एकदमै गुणकारी फल मानिन्छ । खासगरी पाचन यन्त्रलाई चुस्त र तन्दुरुस्त राख्न मेवाको सेवन उपयोगी हुन्छ ।

के छ फाइदा ?

– मेवामा फाइबर, भिटामिन सि र एन्टि अक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ, जसले रक्त कोसिकामा कोलोस्ट्रोर जम्न दिदैन ।

–  केवल एक मेवामा यति धेरै भिटामिन-सी पाइन्छ कि, त्यसले तपाईको शरीरमा प्रतिदिन चाहिने भिटामिन-सिको मात्रा पुरा गर्न सक्छ । यसले तपाईको रोगसँग लड्ने क्षमता बढाउँछ ।

–  मेवामा क्यालोरी एकदमै थोरै हुन्छ । मेवाको सेवन तौल नियन्त्रणका लागि पनि उपयोगी हुन्छ ।

–  मधुमेह रोगीको लागि मेवा लाभदायक हुन्छ, किनभने यो गुलियो भएपनि यसमा चिनीको मात्रा एकदमै कम हुन्छ ।

–  महिनावरीको क्रममा हुने पीडा कम गर्न मेवा सेवन गर्नुपर्छ ।

–  मेवाले पाचन यन्त्रलाई चुस्त राख्छ । किनभने यसमा केहि पाचक इन्जाइम हुन्छ । साथै डाइट्री फाइबर्स पनि हुन्छ ।

–  मेवाको सेवनले आँखाको दृष्टि बढाउन पनि सहयोग गर्छ ।

–  त्यसो त यसको बियाँ र महको मिश्रणले पनि स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु हटाउन सहयोग गर्छ । )

कसरी खाने ?

दुई चिया चम्चा मेवाको बियाँ लिने । त्यसमा एक चिया चम्चा मह मिसाउने । यसलाई राम्ररी घोल्ने । उक्त मिश्रणलाई बिहान खाली पेटमा सेवन गर्नुपर्छ ।

बिषाक्त पदार्थ निकाल्छ

मेवाको बियाँ र महको मिश्रणमा केहि शक्तिशाली एसिड र एन्टि अक्सिडेन्ट हुन्छ । यसले पेट लगायत शरीरको भागमा भएको बिशाक्त पदार्थ बाहिर निकाल्छ ।

पेटको किरा मार्छ

यसमा एसिड धेरै हुन्छ, त्यसैले यसले प्राकृतिक विधीबाट पेटमा रहेको किरा मार्न सकिन्छ ।

तौल घटाउन सहयोगी

मेवाको बियाँ र महको मिश्रणमा केहि लिपिड र पोटाशियम हुन्छ । यसले पाचन क्रियालाई बढाउँछ र तौल घटाउँछ ।

मसल्स निर्माणमा सहयोगी

यसमा प्रोटिन अत्याधिक हुने भएकाले यसको नियमित सेवनले मांशपेशी निर्माणमा सहयोग गर्छ । र, शरीरको बनौट पनि आकर्षक बनाउँछ ।

थकान हटाउँछ

यस मिश्रणमा ग्लूकोसिनालेट्स हुन्छ, जसले थकान हटाउन सहयोग गर्छ । साथै शरीरको कोशिकामा पोषण प्रदान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment