Comments Add Comment

एडिलेडमा गठन भयो खुकुरी फुटबल क्लब, नयाँ टिमसहित डिभिजन-५ खेल्दै


२९ मार्च, एडिलेड । साउथ अस्ट्रेलियामा रहेका नेपाली फुटबल क्लबहरु एकीकृत हुँदै एउटै टिम ‘एडिलेड खुकुरी फुटबल क्लब’ गठन भएको छ । नेपालको राष्ट्रिय पंक्षी डाँफे प्रयोग गरेर क्लबको लोगो बनाइएको छ ।

क्लबको अध्यक्षमा कुमार पुष्प गुरुङ चयन भएका छन् । यसैगरी उपाध्यक्षमा रमेशराज भण्डारी, सचिबमा राजन लामिछाने, कोषाध्यक्षमा कुबेर श्रेष्ठ, टिम म्यानेजर चिरु श्रेष्ठ, कोच डेनीएल घिमिरे, क्याप्टेन खगेन लिम्बु रहेका छन् ।

यसैसँगै क्लब साउथ अस्ट्रेलियन सरकारबाट मान्यता प्राप्त डिभिजन -५ अमेचर सकर लिग खेल्ने भएको छ ।

घरेलु मैदान र बाहिर हुने उक्त खेलमा १० टिमबीच प्रस्तिपर्धा हुनेछ । पहिलो खेलमा एडिलेड खुकुरी फुटबल क्लबले अपि्रल २ तारिकको दिन FSASA स्लस्बरीसँग खेल्ने छ भने पहिलो घरेलु मैदानमा अपि्रल ९ तारिकको दिन भिकिङ्गस विरुद्ध खेल्ने छ ।

एडीलेड खुकुरी फुटबल क्लबको लागि बूमर्यारङ एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ । वाग्ले इन्टरप्राइजेज गोल्ड स्पोन्सर र टेस्ट अफ हिमाल्यास रेस्टुरेन्टले सिल्बर स्पोन्सरको रुपमा सहयोग गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment