Comments Add Comment

सामसुङले ल्यायो ग्यालेक्सी S8 र S8 प्लस, यस्ता छन् विशेषता

दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फोन ग्यालेक्सी एस ८ र एस ८ प्लस लन्च गरेको छ । यसमा होम बटनलाई हटाइएको छ र एउटा नयाँ भर्चुअल असिस्टेन्ट थपिएको छ ।

यी दुवै फोनको स्किन साइज अघिल्लो वर्ष लन्च गरिएको सामसुङको एस ७ र एस ७ एज जति नै ठूलो छ ।

नोट ७ मा विष्फोटको घटनापछि सामसुङले त्यसलाई बजारबाट फिर्ता गरेको थियो । यसका अलावा, सामसुङमाथि भ्रष्टाचारको आरोपपछि कम्पनीको यो सबैभन्दा ठूलो लन्च हो ।

नोट ७ विष्फोट हुनुमा ब्याट्रीलाई जिम्मेवार ठहर्‍याइएको थियो । यसपटक ब्याट्रीको एक्स रे स्क्यान गरिएको कम्पनीले जनाएको छ ।

सामसुङको नयाँ फोन ग्यालेक्सी एस ८ र एस ८ प्लस २१ अपि्रलबाट बजारमा बिक्रीका लागि उपलब्ध हुनेछन् । ग्यालेक्सी एस ८ को मूल्य ६ सय ९० पाउन्ड र एस ८ प्लसको मूल्य ७८० पाउन्ड राखिएको छ ।

अब यी दुवै फोनमा रहका विशेषताहरुबारे बुँदागतरुपमा चर्चा गरौंः

स्क्रिन र अन्य फिचर

– ग्यालेक्सी एस ८ को स्क्रिन साइज ५.८ इन्च अर्थात १४.७ सेन्टिमिटर र एस ८ प्लसको स्क्रिन साइज ६.२ इन्च अर्थात १५.७ सेन्टिमिटर रहेको छ ।

– सामसुङको लोगोलाई फोनको फ्रन्टबाट हटाइएको छ । यसैगरी होम बटनलाई हटाएर एउटा आइकनलाई स्क्रिनमा लगाइएको छ ।

– सामसुङको भनाईअनुसार यी फोनका डिस्प्लेको १८ः५ः९ को अनुपातका कारण दुई एप ‘साइड बाइ साइड’ चलाउन सकिन्छ । जस्तै एउटा भिडियो हेर्न सकिन्छ र च्याटिङको कुनै एपलाई पनि सँगसँगै चलाउन सकिन्छ ।

[sam_list] – यी दुवै फोनका स्क्रिनको रिजलुसन पनि पहिलेजस्तै नै छ । तर, बढि ब्राइट छ । यसले हाइ डाइनामिक रेन्ड (एचडीआर) लाई सपोर्ट गर्छ । यसमा भिडियोको गुणस्तर अझै बढ्नेछ ।

– ग्यालेक्सी एस ८ को बडी एस ७ को तुलनामा अलिकति सानो छ । तर, एस ८ प्लसको बडी एस ७ एज को तुलनामा अलिकति ठूलो छ । यी दुवै फोनलाई एकै हातले चलाउन सकिने सामसुङको भनाइ छ ।

– सामसुङले ग्यालेक्सी एस ८ र एस ८ प्सलमा भिक्सभाय नामको एक नयाँ भर्चुअल असिस्टेन्ट प्रस्तुत गरेको छ । यसमा त्यही प्रविधिको प्रयोग ग रिएको छ जुन एप्पलको भर्चुअल असिस्टेन्ट सिरिमा प्रयोग हुन्छ ।

– यो भर्चुअल असिस्टेन्टलाई साइडमा दिइएको बटनबाट चलाउनुपर्छ । यसमार्फत फोटो ग्यालरी, म्यासेज र मौसमजस्ता १० एपलाई आवाजमार्फत चलाउन सकिन्छ ।

– यस सफ्टवेयरको प्रयोग फोनको क्यामराले देखेका वस्तुहरुको पहिचानमा पनि गर्न सकिन्छ । लन्चको समयमा यस सफ्टवेयरले कोरियाली र अमेरिकी आवाजलाई मात्रै पहिचान गर्‍यो ।

क्यामरा

– अघिल्लो वर्ष लन्च गरिएको फोनको तुलनामा यी फोनहरुमा गरिएका सुधारहरुमा क्यामरा पनि एक हो ।

– फ्रन्ट क्यामरा ८ मेगापिक्सल (एमपी) को छ र यसको अटोफोकसलाई तीव्र बनाइएको छ ।

– पछाडिको क्यामरा १२ मेगापिक्सलको छ र कम्पनीको दावी अनुसार यसले खिचेको फोटोको सार्पनेस र कन्ट्रास्ट अझै राम्रो हुनेछ ।

– यी दुवै फोनको सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू) १२ प्रतिशत र ग्राफिपिक प्रोसेसिङ यूनिट (जीपीयू) २१ प्रतिशत बढि शक्तिशाली रहेको कम्पनीले जनाएको छ ।

– सामसुङ कनेक्ट एपमार्फत स्मार्ट घरेलु उपकरणलाई चलाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment