Comments Add Comment

‘राधे’ मा बेपत्ता पारिएका निखिल, ट्रेलरले खोल्छ धेरै रहस्य


चलचित्र ‘राधे’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । पहिलोको तुलनामा दोश्रो ट्रेलरलाई केहि भिन्न बनाइएको छ । भावनात्मक संवाद र मन छुने दृश्यले भरिएको ट्रेलरमा मुख्य पात्र निखिल उप्रेती, प्रियंका कार्की, अशिष्मा नकर्मी, सुशिल पोखरेल, हिउँवाला गौतम, शिशिर भण्डारी लगायतलाई देखाइएको छ ।

‘राधे’को नामबाट चिनिएका निखिल उप्रेतीको चरित्रवारे दोश्रो ट्रेलर केहि प्रष्ट्याउन खोजेको छ । राधे कहाँ जन्म्यो, कसरि बाँच्यो ? कसैको दुख देख्नै नसक्ने एउटा दयालु मान्छेको रुपमा ‘राधे’लाई देखाइएको छ ।

जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको ‘राधे’ द्वन्द्वकालमा वेपत्ता भएका व्यक्तिको कथामा आधारित छ । सुशिल पोखरेलले निर्माण गरेको यो चलचित्र वैशाख १ गतेबाट प्रदर्शन हुने भएको छ ।

हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन यो चलचित्रमा छ । चलचित्रमा शिर्ष पात्रको रुपमा देखिएका निखिललाई वेपत्ता नागरिकको भूमिकामा देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment