Comments Add Comment

फास्ट ट्रयाक बनाउन सेना तयार


२२ चैत, काठमाडाैं । बहुप्रतीक्षित काठमाडौं–निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मेवारी अन्ततः नेपाली सेनाले नै पाउने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयमार्फत जंगी अड्डाको राय माग्दा सेनाले ‘फास्ट ट्र्याक बनाउन सहमत रहेको’ आशयसहितको पत्र सोमबार पठाएको अाजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।

अब नेपाली सेनाले नै उक्त सडक बनाउने टुंगो लागेको हो । राष्ट्रिय गौरवको उक्त आयोजना ९ वर्षदेखि अलमलमा थियो ।

मन्त्रालयले बुट (निर्माण, सञ्चालन र हस्तान्तरण) प्रणालीमार्फत फास्ट ट्र्याक बनाउने प्रयासमा नौ वर्ष खर्चिए पनि असफल भएपछि सेनालाई जिम्मा लगाउने निर्णय गरेर चैत १७ गते पत्राचार गरेको थियो । दुर्गम पहाडी जिल्लामा ट्र्याक खोल्ने जिम्मा पाएको सेनाले यति ठूलो आयोजनामा हात हालेको यो पहिलोपटक हो ।

नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक सहायक रथि उद्धव बिष्टले फास्ट ट्र्याक बनाउन सरकारले गरेको लिखित आग्रहप्रति सहमति जनाएको जानकारी दिए ।

उनले सोमबार अन्नपूर्णसँग भने, ‘जंगी अड्डाबाट रक्षा मन्त्रालयलाई सोमबार पत्राचार गरिएको छ । रक्षाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएपछि फास्ट ट्र्याक निर्माणको प्रक्रिया सुरु हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment