Comments Add Comment

आमा बनेपछि रानीको ‘हिचकी’


९० की दशककी चर्चित नायिका रानी मुखर्जी नयाँ चलचित्रको सुटिङको तयारीमा छिन् । आमा बनेपछि चलचित्रबाट टाढिएकी रानी पुनः महिला केन्द्रित विषयमा निर्माण हुन लागेको नयाँ चलचित्रको तयारीमा रहेको भारतीय समाचार संस्थाले उल्लेख गरेका छन् ।

पछिल्लो पटक ‘मर्दानी’ मा अभिनय गरेकी रानी नयाँ चलचित्र ‘हिचकी’ मा मुख्य भुमिका निर्वाह गर्दैछिन् । यसराज फिल्मस्को ब्यानरमा बन्ने ‘हिचकी’को निर्देशन सिद्धार्थ मल्होत्राले गर्ने भएका छन् ।

सुरुमा ‘हिचकी’को कथावस्तु पुरुष प्रधान थियो । यशराजकै ब्यानरमा चलचित्र बन्ने भएपछि आदित्य चोपडाले महिला प्रधान बनाउन सुझाब दिएका थिए । चलचित्रमा अभिषेक बच्चनलाई निर्माण संस्थाले नायकको प्रस्ताव गरेपनि अभिषेकले सम्झौता गरिसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment