Comments Add Comment

तपाईले पिउने दुध कतै नक्कली त छैन ? यसरी थाहा पाउनुहोस्

शरीरलाई स्वास्थ्य र तन्दुरुस्त राख्न धेरैले नियमित जसो दुध पिउने गर्छन् । तर, दुध पिउनका लागि सबैले गाई पाल्न अनुकुल हुँदैन, संभव हुँदैन । त्यसैले अरु किसान, व्यापारी वा डेरीबाट दुध ल्याउने गरिन्छ । बजारमा तयारी दुध समेत पाइन्छ ।

हामीले स्वास्थ्य राम्रो बनाउन पिउने दुधले कतै स्वास्थ्यमा हानी पो पुर्‍याइरहेको छ कि ? स्वभाविक रुपमा आशंका गर्ने ठाँउ छ । किनभने पैसा कमाउने दाउमा कतिले शुद्ध दुधको मूल्यमा कमसल दुध विक्री गर्न सक्छन् ।

दुध खरिद गर्नेले वा दुध सेवन गर्नेले त्यसको शुद्धतामाथि खासै प्रश्न नउठाउने भएकाले पनि दुधमा मिसावट हुने संभावना बढी रहन्छ । यदि हामीले त्यस्ता अशुद्ध दुध सेवन गरिरहेका छौ भने त्यो हाम्रो स्वास्थ्यका लागि प्रत्युत्पादक हुन सक्छ । त्यसले स्वास्थ्यलाई उल्टो असर गरिरहेका हुनसक्छ ।
कस्तो दुध राम्रो ?

दुधको गुणस्तर गाई, गाईले सेवन गर्ने खानेकुरा, गाईको जात आदिमा निर्भर गर्छ । खासमा लोकल गाईको दुध बढी स्तरिय मानिन्छ । अझ खुला चरनमा छाडिने गाईको दुध शुद्ध हुनका साथै गुणस्तरिय हुन्छ ।

यद्यपी अहिले गाई गोठमा बाँधेर उन्नत जातका घाँसहरु ख्वाइन्छ, जसले धेरै भन्दा धेरै दुध दिन्छ । त्यस्तै दुध बढाउनकै लागि गाईलाई औषधीहरु दिइन्छ । त्यसैले अहिले बजारमा पाइने दुध हामीले सोचेजस्तो शुद्ध र गुणस्तरिय हुन्छ भन्ने छैन ।

अझ त्यसमा पानी मिसाएपछि दुधको गुण घट्ने नै भयो । दुधको मात्रा बढाउन प्रयोग गरिने विभिन्न अखाद्य तत्व, रसायनहरुले दुधलाई स्वास्थ्यवर्द्धक होइन, विषाक्त बनाउँछ । त्यसैले दुध सेवन गर्दा विशेष सावधानी अपनाउनु पर्छ ।

कसरी मिसावट एवं अशुद्ध हुन्छ ?

१. दुधका पानी मिसाउने संभावना त धेरै हुन्छ । अझ फोहोर वा दुषित पानी मिश्रण गरिएको छ भने त्यसले शरीरमा सोझो असर गर्छ ।

२. कतिले दुधमा युरिया जस्ता हानिकारक केमिकल पनि मिश्रण गर्छन् ।

३. सिन्थेटिक जस्ता रसायन समेत मिश्रण गरेर दुधको मात्रा बढाइन्छ ।

४. डिटर्जेन्ट तथा लुगा धुने साबुन समेत मिसाउने गरिएको छ ।

यसरी बन्छ नक्कली दुध

नक्कली दुध विक्री गर्नेले सिन्थेटिकको प्रयोग गर्न सक्छन् । सिन्थेटिक दुध बनाउनका लागि दुधमा थोरै युरिया हालेर हल्का आँचमा उमालिन्छ । त्यसमा कपडा धुने डिटर्जेन्ट पाउडर, सोडा स्टार्च, वासिङ पाउडर आदि मिलाइन्छ । त्यसलाई दुध जस्तै देखाउनका लागि केहि असली दुध पनि मिसाइन्छ ।

कसरी थाहा पाउने ?

१. दुध अस्वभाविक पहेंलो रंगको छ, स्वाद भिन्नै छ भने त्यसमा शंका गर्नुपर्छ ।

२. दुधको एक थोपा औलामा लिएर रगड्ने, यदि त्यसमा चिप्लो पदार्थ टासिएजस्तो हुन्छ भने त्यो दुध अशुद्ध हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment