Comments Add Comment

रेसेपीः पंजाबी आलु दम यसरी बनाउने ?

पंजाबी आलु दम लोकप्रिय परिकार हो । त्यसो त नेपाली भान्सामा पनि यस्तो परिकार नपाक्ने होइन । तर, परम्परागत नेपाली आलु दम भन्दा अलि भिन्न छ, पंजाबी आलु दम बनाउने विधी । यसले स्वादमा फरकपन ल्याउने नै भयो ।

यो निकै छिटो, छरितो परिकार हो । उत्तिकै स्वादिलो पनि । आलु दम नास्तामा खान सकिन्छ । त्यसो त खानामा पनि यसलाई सामेल गर्न सकिन्छ ।

यहाँ तीन जनाका लागि रेसेपी दिइएको छ ।

आवश्यक सामग्री

– १५ वटा मझौला आकारको आलु, नुन पानीमा उसिनेको
– १ ठूलो प्याज, काटेको
– ४ कप दही
– १ तेज पत्ता
– १ चुड्की हिंग
– १ चिया चम्चा रातो खुर्सानीको धूलो
– १ चिया चम्चा अदुवा र लसुनको पेस्ट
– १ चिया चम्चा धनियाको दाना
– आधा चिया चम्चा जीरा
– १ सुकुमेल
– दालचिनीको सानो टुक्रा
– ४ वटा ल्वांङ
– ८ वटा काजु
– १ चिया चम्चा चिनी
– २ ठूलो चम्चा काटेको हरियो धनिया
– नुन स्वादअनुसार

बनाउने विधी

१. उसिनेको आलुलाई बोक्रा छोड्याएर राख्ने । एउटा कराहीमा २ चिया चम्चा तेल तताएर त्यसमा आलु हाल्ने । मध्यम आँचमा पकाउने, जबसम्म सुनौलो रंगको हुँदैन । त्यसपछि एउटा थालमा निकाल्ने ।

२. कराईमा तीन चिया चम्चा तेल तताउने र एक चुड्की हिंग, तेजपत्ता र प्याज हाल्ने । केहि समय भुटेपछि त्यसमा लसुन र अनुवाको पेस्ट हालेर आधा मिनेट जति भुट्ने ।

३. सुख्खा धनियाको दाना, जीरा, सुकुमेल, दालचिनी, ल्वाङ र काजु पिसेर धुलो बनाउने । र, लसुन अदुवाको पेस्ट पछि उक्त धुलो हाल्ने ।

४. दहीलाई राम्ररी घोल्ने । विस्तारै विस्तारै त्यसलाई कराइमा हाल्ने ।

५. बेसार र खुर्सानीको धुलो हालेर राम्ररी चलाउने । जब तेल अलग हुन थाल्छ, दुई, तीन मिनेट राम्ररी लगातार चलाउने ।

६. आलु, मेथी, र नुन हाल्ने । त्यसलाई राम्ररी चलाउने । र केही समय मधुरो आँचमा पाक्न दिने ।

७. चार कप जति पानी हाल्ने र मध्यम आँचमा उमाल्ने । त्यसपछि ग्रेभी गाढा हुने बेलासम्म मधुरो अँा चमा पकाउने ।

(यसरी तयार गरेको पंजाबी आलु दम हरियो धनियाले सजाएर सर्भ गर्न सकिन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment