Comments Add Comment

पूर्वराजाका नातिको भोज खान राष्ट्रपतिदेखि राजेन्द्र महतोसम्म

ब्रतबन्ध सकिएको सात दिनपछि सोल्टी होटलमा तडक भडक

२४ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको ब्रतबन्ध-भोजमा सहभागी हुन सोल्टी होटलमा पुगेकी छिन् । भोजमा मधेसी मोर्चाका नेता राजेन्द्र महतोदेखि लिएर मन्त्री एवं विभिन्न दलका नेताहरु सहभागी भएका छन् ।

पूर्वराजाका नातिको ब्रतबन्ध एकसाता अघि नै अर्थात् चैत १७ गते निर्मल निवासमा सम्पन्न भएको हो । सो ब्रतबन्धको भोज एक सातापछि बिहीबार सोल्टी होटलमा आयोजना गरिएको हो ।

सामाजिक सुधार ऐनअनुसार विवाह ब्रतबन्ध जस्ता कार्यहरुमा अनावश्यक तडक भडक एव फजुल खर्च गर्न नपाइने प्रावधान छ ।

तर, सामन्ती संस्कारको झल्को दिने गरी आयोजना गरिएको ब्रतबन्धको भोजमा देशका मन्त्री एवं राष्ट्रपनिसम्मले सहभागिता जनाएपछि अब सामाजिक सुधार ऐन कागजमा मात्रै सीमित हुने पक्कापक्की जस्तै भएको छ ।

को-को गए भोज खान ?

पूर्वराजाका नातिको ब्रतबन्ध भोजमा राष्ट्रपति विद्या भण्डारी सहभागी भएकी छिन् । यसअघि शीतलनिवासमा राष्ट्रपतिकी छोरीको विवाहमा ज्ञानेन्द्रले निम्तो मानेका थिए । त्यसैको पैंचो तिर्न उनी पूर्वराजाका नातिको ब्रतबबन्धमा पुगेकी हुन् ।

भोजमा चलचित्रकर्मी महानायक राजेश हमाल पनि सहभागी भएका छन् ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment