Comments Add Comment

वर्षमानको दाबीः एमालेले कात्तिकमा चुनाव गरौं, सरकारमा आउँछु भन्यो

'सत्ता कांग्रेसलाई हस्तान्तरण हुन्छ, तीनवटै चुनाव यही गठबन्धनले गर्छ'

२६ चैत्र, बुटवल । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय चुनाव सारेर कात्तिकमा गर्न नेकपा एमालेले प्रस्ताव ल्याएको दाबी गरेका छन् । एमालेबाट यसरी चुनाव सार्ने प्रस्ताव आउनु आश्चार्यजनक भएको पुनले बताए ।

माओवादी पार्टीको पाँच नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल आइपुगेका पुनले शुक्रबार प्रेस सेन्टरद्वारा आयोजित कार्यक्रममा एमालेले चुनाव सार्न आग्रह गरेको बताएका हुन् ।

एमालेको प्रस्तावबारे जानकारी दिँदै पुनले भने- ‘हामी सरकारमा आउँछौं, स्थानीय तहको चुनाव कात्तिकमा सारौं भनेर उहाँहरुले प्रस्ताव ल्याउनुभएको छ

एमालेको प्रस्तावबारे जानकारी दिँदै पुनले भने- ‘हामी सरकारमा आउँछौं, स्थानीय तहको चुनाव कात्तिकमा सारौं भनेर उहाँहरुले प्रस्ताव ल्याउनुभएको छ ।’

यस्तो प्रस्ताव एमालेको शीर्ष नेतृत्वबाटै आएको पुनले बताए ।

प्रेस सेन्टर नेपाल पाँच नम्बर प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुनले एमालेले चुनावको चर्का-चर्का कुरा गरे पनि भित्रीरुपमा स्थानीय चुनाव सार्न प्रस्ताव गर्नु आश्चर्यको विषय भएको बताए ।

तीनवटै चुनाव यही गठबन्धनले गर्ने

तर, एमालेले सरकारमा आएर कात्तिकमा चुनाव गर्न प्रस्ताव गरे पनि अहिलेको सरकारमा रहेकै गठबन्धनले तीनवटै तहको निर्वाचन गर्ने पुनले बताए ।

स्थानीय तहको चुनावपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने माओवादी नेता पुनले बताए ।

यसैवीच मधेसी मोर्चासँग सहमतिका लागि अर्को साता संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता हुने पुनले दाबी गरे ।

संविधान संशोधन हुनुहुन्न भन्ने एमाले र निर्वाचन हुन दिँदैनौं भन्ने मधेसी मोर्चालाई सहमतिमा ल्याएर सरकारले सबै दलको सहमतिमै चुनाव गर्न लागेको पुनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment