Comments Add Comment

निलम्बनमा परेका सरकारी वकिल भन्छन्- महान्यायाधिवक्ताबाट अन्याय भयो

२८ चैत, काठमाडौं । महान्यायाधिवक्ताले नै सर्वोच्च अदालतको आदेश पालना नगरेको भन्दै एकजना सरकारी वकिलले महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ विरुद्ध अवहेलना मुद्दा दायर गर्ने बताएका छन् ।

लागुऔषध कारोबारसम्बन्धी मुद्दामा अभियोजनलाई कमजोर बनाएको आरोपमा सरकारबाट निलम्बनमा परेका सहमहान्यायाधिवक्ता टेकबहादुर घिमिरेले महान्यायाधिवक्ता रमण श्रेष्ठविरुद्ध अवहेलना मुद्दा हाल्न लागेको बताएका हुन् ।

नेपाल सरकारको गत फागुन २५ गतेको निर्णय अनुसार निलम्बनमा परेका सहमहान्यायाधिवक्ता घिमिरेलाई अर्को आदेश नभएसम्म उनको निलम्बनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले चैत २० गते अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले त्यस्तो आदेश दिएको हो ।

सर्वोच्चले घिमिरेको निवेदनमाथि बुधबार पेशी तोकी दुवै पक्षलाई छलफलमा झिकाएको छ । घिमिरेलाई न्याय सेवा आयोगको सिफारिसबमोजिम निलम्बन गर्नुपर्नेमा त्यस्तो नभएको देखिएको भन्दै अदालतले दुवै पक्षलाई छलफलका लागि चैत ३० गते झिकाएको हो ।

अदालतको अन्तरिम आदेश लिएर हाजिर हुन महान्यायाधिवक्ताको कार्यालय पुगेका सहमहान्यायाधिवक्ता घिमिरेलाई महान्यायाधिक्ता श्रेष्ठले हाजिर नगराएपछि आफू अवहेलना मुद्दामा जान बाध्य भएको घिमिरेले बताए ।

घिमिरेले सञ्जयकुमार गुप्तासमेत भएको लागुऔषध कारोबार सम्बन्धी मुद्दामा अभियोजन मुद्दालाई कमजोर बनाएको आरोपमा सरकारले उनलाई निलम्बन गरेको थियो । निलम्बनविरुद्ध घिमिरे सर्वोच्च गएका हुन् ।

महान्यायाधिवक्ता श्रेष्ठले आफूमाथि व्यक्तिगत पूर्वाग्रह साँधेको आरोप लगाए ।

महान्यायाधिवक्ता श्रेष्ठले भने अन्तरिम आदेश निरन्तर नहुन सक्ने भन्दै ३० गतेसम्म घिमिरेलाई हाजिर नगर्ने अडान राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment