Comments Add Comment

यसरी बनाउन सकिन्छ दक्षिण भारतिय परिकार ‘लेबिया सांबर’ 

भूगोल विशेष खानेकुराको स्वाद पनि थरीथरीका हुन्छन् । एउटा भेगमा पकाइने खान्की, अर्को भेगमा नपाइन सक्छ । कति परिकार यस्ता हुन्छन्, जसले भूगोल बिशेषको चिनारी दिन्छ । जस्तो कि, भक्तपुरको जुजु धौं, बरमझियाको पेडा, इलामको अकबरे ।

यस्तै यहाँ हामी भारतिय परिकारको रेसेपी पस्कदैछौ, खासगरी दक्षिण भारितिय । परिकारको नाम हो, ‘लोबिया सांबर ।’ दक्षिण भारतको लोकपि्रय परिकार हो यो । बोडीको दाना, पहेंलो फर्सीबाट बन्ने यो परिकार हामी आफ्नो भान्सामा पनि बनाउन सक्छौं ।

आवश्यक सामग्री

–    आधा कप बोडीको दाना

–    आधा कप गोलभेडा

–    पहेंलो फर्सी

–    आधा सानो चम्चा सरस्युँ वा जीरा

–    थोरै हिंग

–    रातो खुर्सानी

–    थोरै बेसार

–    एक चिया चम्चा रातो खुर्सानी पाउडर

–    नुन स्वाद अनुसार

–    थोरै हरियो धनियाँ

–    केहि थोपा कागतीको रस

पेस्ट बनाउनका लागि

– तीन चिया चम्चा धनिया

–    १ चिया चम्चा जिरा

–    थोरै मेती दाना

–    तीन केस्रा लसुन

–    १ वटा प्याज

–    आधा कप नरिवल

–    रातो खुर्सानी

यसरी तयार गर्ने

–    पेस्ट बनाउनका लागि तयार गरिएको सबै मसलालाई कराहीमा राखेर भुट्ने ।

–    त्यो सेलाइसकेपछि लसुन, नरिवल, प्याज हालेर मिक्सचरमा पिस्ने ।

–    प्रेशर कुकरमा बोडीको दाना, गोलभेडा, फर्सी र आवश्यक्ता अनुसार पानी मिलाएर तीन-चार सीटीसम्म पकाउने ।

–    कराईमा तेल तलाएर सरस्र्युको दाना, जीरा, रातो खुर्सानी र हिंग भुट्ने ।

–    त्यसमाथि पिसेको मसलाको पेस्ट, बेसार र रातो खुर्सानीको पाउडर हालेर भुट्ने ।

–    उसिनेको बोडी, एक कप पानी, नुन, कागतीको रस हालेर ग्रेभीलाई गाढा हुने समयसम्म पकाउने ।

–    यसलाई हरियो धनियाले सजाएर सर्भ गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment