Comments Add Comment

सीमांकन सहितको संशोधन फिर्ता, नयाँ संशोधन भोलि संसदमा दर्ता गर्ने निर्णय

स्थानीय तहको संख्या बढाउने तयारी

२८ चैत, काठमाडौं । सरकारले संसदको प्रक्रियामा रहेको संविधान संशोधन फिर्ता लिएको छ । र, भोलि नयाँ संशोधन संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रदेश नम्बर ४ को सीमांकन हेरफेर गर्ने प्रस्तावसहितको संशोधन फिर्ता लिएको छ । एमालेसहितका दलको विरोधका बीच सरकारले अघि बढाएको यो विधेयक संसदको प्रक्रियामै थियो ।

साथै सीमांकनलाई आयोगबाट टुंगो लगाउने गरी नयाँ संशोधन अघि बढाउने निर्णय गरेको छ ।

भाषा, नागरिकता र राष्ट्रिय सभा सम्वन्धी पुरानै प्रस्ताव अघि बढाइएको छ । राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखलाई डिलिंक गर्ने र २७४ मा संशोधन गर्नेसहित नयमँ संशोधन भोलि नै संसदमा सचिवालयमा दर्ता गर्ने सरकारको निर्णय छ ।
स्रोतका अनुसार सीमांकन आयोगको सिफारिस अनुसार सीमांकन हेफेर गर्दा सम्वन्धित प्रदेशको मात्र सहमति लिनु पर्ने व्यवस्थान गर्ने संशोधन प्रस्ताव छ ।

स्थानीय तहको संख्या बढाउने तयारी

सरकारले प्रदेश नम्बर २ र ५ मा स्थानीय तहको संख्या बढाउनु पर्ने नपर्नेबारे अध्ययन गर्न उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाको नेतृत्वमा समिति बनाएको छ ।

यो समितिलाई ३ दिनको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment