Comments Add Comment

अरमान पछि हट्दा चिठ्ठा परेको थियो शाहरुखलाई ‘दिवाना’

बलिउड सुपरस्टार शाहरुख खानको करिअरमा सबैभन्दा महत्वपूर्ण फिल्म मानिन्छ दिवाना । यो फिल्मले उनलाई एकाएक स्टार बनाएको थियो ।

तर, कमैलाई थाहा छ, शाहरुखलाई यो फिल्म ‘दैवले’ जुराएको थियो । सुरुमा यो फिल्मका हिरो थिए अरमान कोहली । कोहली र दिव्या भारतीयलाई लिएर फिल्मको पोष्टरसमेत बनिसकेको थियो भने सुरुका केही दृष्यको सुटिङ समेत भएको थियो ।

तर, पारिवारिक कारणले कोहलीले यो फिल्म बीचमै छोड्नुपर्‍यो । उनले छोडेपछि निर्देशकले शाहरुखलाई साइन गराए । शाहरुखले यसअघि हेमामालिनीको फिल्म ‘दिल आशना है’ मा अभिनय गरिसकेका थिए । तर, आखिरमा सो फिल्मभन्दा पहिले दिवाना रिलिज भयो, जसले शाहरुखलाई चर्चाको शिखरमा पुर्‍यो ।

दिवानापछि उनले डर, बाजीगर जस्ता फिल्म हात पारे जसले उनलाई बलिउड सुपरस्टार बनाए ।

यता, दिवानाबाट पछि हटेका हिरो अरमान कोहली अहिले कता छन् कसैलाई पत्तो छैन । उनले यो फिल्म नछोडेका भए सायद शाहरुख जस्तै सुपरस्टार बन्ने थिए कि त ?

शाहरुखले हालै एउटा रियालिटी शोमा आफू सुपरस्टार हुनुको श्रेय कोहलीलाई दिएका छन् । उनले आफ्नो घरको भित्तामा कोहली र दिब्या भारती भएको दिवानाको पोष्ट राखेको समेत दावी गरेका थिए । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment