Comments Add Comment

नयाँ बर्षमा ३ चलचित्र रिलिज , कसमा कति छ दम ?


आजबाट नयाँ बर्ष २०७४ नेपालीहरुको घरमा प्रवेश गरेको छ । नयाँ बर्षको मौका छोपेर आजबाट ३ जना निर्माताले चलचित्र रिलिज गरेका छन् । आजबाट नेपालभरिका हलमा ‘राधे, लभ लभ लभ र घामपानी’ रिलिज भएको छ ।

नायिका प्रियंका कार्की र नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’ले वेपत्ता पारिएका नागरिकको कथालाई उठान गरेको छ । सुशिल पोखरेलको निर्माणमा तयार भएको यो चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गरेका हुन् । निर्माता पोखरेलले बिहानैबाट काठमाण्डौका सिंगल हलमा दर्शकको उपस्थिती बलियो रहेको जानकारी दिएका छन् ।

यस्तै, आजैबाट दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘लभ लभ लभ’ पनि रिलिज भएको छ । शर्मिला पाण्डेको निर्माणमा तयार भएको चलचित्रमा स्वस्तिमा खड्का र सुरज पाण्डेको मुख्य भूमिका छ । चलचित्रले विशेष शोमा यसलाई रुचाइएको थियो ।

आजैबाट, संचारकर्मी दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘घामपानी’ पनि रिलिज भएको छ । चलचित्रमा केकी अधिकारी र दयाहाङ राइको मुख्य भूमिका छ । तामाङ समुदायको यूवा र बाहुन समुदायकी यूवतीविचको प्रेम कथालाई यो चलचित्रले उठान गरेको छ । स्टारडम र कथावस्तुको लडाइको रुपमा तिन चलचित्रको भिडन्तलाई हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment