Comments Add Comment

‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथुनको उपाधी नेपाली सेनाका रिमाललाई

१ बैशाख, कैलाली । नयाँ वर्षको उपलक्ष्यमा धनगढी जेसीजद्वारा आयोजना गरिएको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको उपाधी नेपाली सेनाका हरिकुमार रिमालले हात पारेका छन् ।

उनले २१ दशमलव एक किलोमिटरको दुरी एक घण्टा ७ मिनेट ४१ सेकेन्डमा पार गर्दै नगद ५१ हजार समेत हात पारेका छन ।

त्यस्तै सशस्त्रका गोपिचन्ऽ पार्कीले निर्धारित दुरी एक घन्टा ७ मिनेट ४२ सेकेन्डमा पार गर्दै दोस्रो भए । पार्कीले नगद २५ हजार रुपैयाँ पुरस्कार हात पारेकाछन् । उनी अघिल्लो वर्षको विजेता हुन ।

त्यस्तै नेपाली सेनाका कृष्ण बस्नेतले एक घन्टा ७ मिनेट ५१ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । उनले नगद १५ हजार रुपैयाँ हात पारे ।

यसैगरी पाँच किलोमिटरको कर्पोरेड दौडमा भिम चौधरी प्रथम, पुष्करराज भट्ट दोस्रो र महन्त पनेरु तेस्रा भएकाछन् । वियजीहरुले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार पाएकाछन् ।

बिजयी खेलाडीहरुलाइ रास्टि्रय खेलकुद परिषद्का सदस्य सचिब केशब बिष्टले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेकाछन् ।

रात्रिकालिन पेनाल्टी शुटआउटमा हसनपुर विजयी

यसैवीच, एसटीएस टेलिजिनले प्रत्येक वर्ष आयोजना गर्दै आईरहको रात्रिकालिन पेनाल्टी शुटआउटमा प्रतियोगितामा हसनपुर युवा क्लब विजयी भएको छ ।

नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजना गरिने रात्रिकालिन पेनाल्टी शुटआउट प्रतियोगिताको यो पााचौ संकरण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment