Comments Add Comment

स्थानीय तहको निर्वाचनमा सबैको सहभागिता हुनुपर्छ : राष्ट्रपति भण्डारी

१ वैशाख, विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयपछी हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिएकी छन् ।

राष्ट्रपति भण्डारीले अहिले पनि निर्वाचन हुँने/नहुँने भन्ने विषयको जनतामा डर हुनु ठिक नभएको तर्क समेत गरिन् ।

मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसको रजत जयन्ती समारोहलाई शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

मताधिकारको प्रयोग भयरहित तरिकारले गर्न पाउनुपर्ने राष्ट्रपति भण्डारीले बताइन । अहिले संविधानले स्थानीय तहमा प्रशस्त अधिकार दिइएको चर्चा गर्दै उनले संबैधानिक रुपमै सबैको रक्षा गरिएको बताइन ।

कार्यक्रममा नेकपा एमालेका महासचिव इश्वर पोखरेलले कुनैपनि हालतमा तोकिएका समयमा निर्वाचन हुनु पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment