Comments Add Comment

चुनाव सारेर भएपनि मोर्चालाई सहमतिमा लिन कांग्रेस नेतृत्वलाई मधेसको दबाव

वार्तामा आउन देउवाको आहृवान

२ बैशाख, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले वार्तामा आउन मधेसी मोर्चालाई आहृवान गरेको छ । प्रदेश नम्बर २ का सांसद, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुले भने चुनाव सारेर भएपनि मोर्चालाई सहमति ल्याउन दबाव दिएका छन् ।

कांग्रेस नेतृत्वले शनिबार स्थानीय तहको चुनावको तयारीबारे प्रदेश नम्बर २ का सांसद, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुसँग छलफल गरेको थियो । पार्टी कार्यालय सानेपामा भएको छलफलमा सहभागीहरुले मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर चुनावमा जानु पर्नेमा जोड दिएका छन् ।

सम्भव भएसम्म मधेस केन्द्रीय दलहरुलाई सहमतिमा लिनुपर्छ बरु १०/१५ दिन निर्वाचनलाई सारेर हुन्छ भने त्यसो गरेर सहमतिमा लिएर जानु उपयुक्त हुन्छ भन्ने मत आएको छ’ केन्द्रीय सदस्य रमेश रिजालले भने ।

बैठकमा प्रदेश नम्बर २ का आठ जिल्लाकै सभापतिहरुले यथास्थितिमा निर्वाचन गए मुलुक द्धन्द्धमा फस्ने चेतावनी दिएका छन् । मधेसको माग सम्बोधन नभई निर्वाचनमा जान नहुने अर्का केन्दि्रय सदस्य अजय चौरासियाले बताए ।

बैठकले मधेसी मोर्चालाई वार्तामा आउन आहृवान गरेको केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए ।

बैठकमा सभापति शेरबहादुर देउवाले मधेसी मोर्चामा सहमति आउँछ कि आउँदैन भन्ने आशंका व्यक्त गरे । सत्तारुढ गठवन्धनमा दुई तिहाई नभएको र सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउँदा फेल पनि हुन सक्ने भन्दै उनले यसलाई पनि बुझ्न नेताहरुलाई आग्रह गरे ।

यदि मधेसी मोर्चा सहमतिमा आउँछ र चुनावमा जान तयार हुन्छ भने दुई चरणमा भएपनि चुनाव गर्न सकिने देउवाको संकेत रहेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment