Comments Add Comment

निखिल र प्रियंकाको ‘राधे’को आक्रमक ओपनिङ, २ दिनमा करोड ग्रस


नयाँ बर्षको दिनबाट रिलिजमा आएको चलचित्र ‘राधे’ले आक्रामक ओपनिङ गरेको छ । चलचित्रले २ दिन आक्रामक ओपनिङ गरेको हल संचालकहरुले बताएका छन् । नयाँ बर्षको दिन चलचित्रले करिब ८५ लाखको ग्रस कलेक्शन गरेको निर्माता सुशिल पोखरेलले जानकारी दिएका छन् । पहिलो दिन काठमाण्डौका सिंगल थिएटरमा चलचित्र हेर्न दर्शकको भिड लागेको थियो । काठमाण्डौ बाहिर पनि चलचित्रको कलेक्शन उच्च थियो ।

शनिबार भने चलचित्रको व्यापारमा केहि कमी आएको थियो । निर्माणपक्षले उपलब्ध गराएको व्यापार आँकडा अनुसार शनिबार चलचित्रले ४२ लाखको ग्रस कलेक्शन गरेको छ । यसरि, हेर्दा २ दिनमा चलचित्रले १ करोड २७ लाखको ग्रस कलेक्शन गरेको छ ।

निर्माता सुशिल पोखरेलले हलबाटै लगानी उठ्न अझै ५० लाखको व्यापार हुनुपर्ने बताएका छन् । शनिबार बिहान पानी पर्दा चलचित्रको बिहानी शो प्रभावित भएको थियो । चलचित्रको लगानी ६५ लाख रहेको छ । १४ लाख रुपैयाँ डिजिटल राइट्स र ५ लाख विज्ञापनबाट उठिसकेको निर्माता पोखरेलको भनाई छ ।

आइतबारबाट चलचित्रले गर्ने व्यापारबाट यसको भविष्य थाहा हुनेछ । निखिल उप्रेती, प्रियंका कार्की, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, शिशिर भण्डारी लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई जगदिश्वर थापाले लेखन तथा निर्देशन गरेका हुन् ।

आउँदो शुक्रबार पनि कुनै नयाँ चलचित्र नभएकाले यसको फाइदा चलचित्रले उठाउन सक्छ । लगातार २ वटा चलचित्र असफल दिएका नायक निखिल उप्रेतीको स्टारडम सकिएको चर्चा भैरहँदा ‘राधे’को व्यापारले फेरि उनको क्रेज देखिएको छ । महिलाहरुले चलचित्रलाई बढी रुचाएको पाइएको छ ।

निखिल र अशिष्मासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्:


प्रियंकासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment