Comments Add Comment

नदीशले ल्याए ‘हाँगामा झुन्डिएको आत्मकथा’

काठमाडौं । साहित्य, कला र सङ्गीतमा केन्द्रित अलग अभियानका अभियन्ताहरु विभिन्न मञ्चमार्फत चिन्तन र बहस गरिरहेका हुन्छन् । हरेक सिर्जनशील कर्ममा कलासँगै विचार जोडेर सामाजिक रुपान्तरणमा सहभागी भइरहेका हुन्छन् ।

यही अभियानका सक्रिय सदस्य नदीशले आफ्नो पहिलो कवितासंग्रह ल्याएका छन् । शनिबार शिल्पी थिएटरमा कवि तथा संस्कृतिविद् तुलसी दिवस, ज्योति जंगल र गुरुङ सुशान्तले ‘हाँगामा झुण्डिएको आत्मकथा’ कविताकृति सार्वजनिक गरे ।

कृतिमाथि टिप्पणी गर्दै कवि दिवसले यथार्थको जगमा बसेर लेख्न सक्नु कविको सामर्थ्य हुने भन्दै नदीशका कविताहरु यथार्थपरक रहेको बताए । ‘नदीश कविता लेखनमा इमानदार छन्’, उनले भने, ‘उनका कवितामा भविष्य मात्रै होइन वर्तमान पनि उज्यालो पाइन्छ ।’

यस्तै, ज्योतिले नदीशका कवितामा अस्तित्व बोधको मीठो अभिव्यक्ति र जीवनलाई हेर्ने दृष्टिकोणमा परिपक्वता पाएको बताइन् भने सुशान्तले नदीशले निजत्व निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कवि नदीशका साथै कवि नवराज पराजुली र प्रतिमा पाठकले कृतिभित्रका केही कविता वाचन गरेका थिए ।

३८ वटा कविता समेटिएको कृति अलग अार्ट हबले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment