Comments Add Comment

चेतन भगतले खोलिदिए ‘हाफ गर्लफ्रेण्ड’को रहस्य

भारतीय लेखक चेतन भगतका किताबमाथि फिल्म बन्ने क्रम जारी छ । पछिल्लोपटक उनको किताबमाथि बनेको फिल्म हो, ‘हाफ गर्लफ्रेण्ड’ । यो फिल्मको निर्देशन मोहित सुरीले गरेका हुन् ।

उनले थपे, ‘मेरा सबै किताबहरुको टाइटलमध्ये मलाई हाफ गर्लफ्रेण्ड सबैभन्दा राम्रो लाग्छ । मानिसहरु हाफ पेन्ट, हाफ प्लेटको बारेमा बुझ्छन् भने हाफ गर्लफ्रेण्ड पनि बुझ्नेछन् । त्यसैले यो टाइटल सही छ । मैले धेरै केटा-केटीहरुलाई सोधेँ कि तिमी जसको साथ लागेर हिँडिरहेका छौ उ तिम्रो को हो ? धेरै यसमा अल्मलिए । उनीहरुको भनाई रह्यो कि सम्वन्ध खास छ तर के हो थाहा छैन । यसैलाई मैले हाफ गर्लफ्रेण्डको नाम दिएको हुँ ।’

चेतन अगाडि भन्छन्, ‘अक्सर युवायुवतीहरु आफूहरुलाई मिल्ने साथी बताउँछन् । बलिउडका स्टारहरु पनि यही भन्छन् । उनीहरु ब्वाइफ्रेण्ड-गर्लफ्रेण्ड पनि होइनन् र साथी मात्रै पनि होइनन् । यदि उनीहरुले साथी मात्र हौं भने तापनि मानिसहरुले विश्वास गर्दैनन् । त्यसपछि मलाई लाग्यो कि यो सम्वन्धलाई नयाँ नाम दिनुपर्छ । अनि मैले हाफ गर्लफ्रेण्ड जुराएँ ।’

आफूले हरेक किताबबाट सन्देश दिन चाहेको तर त्यो बोरिङ नहोस भनेर सचेत रहेको उनको भनाई छ ।

‘फाइव प्वाइन्ट्स सम वन’ र ‘टू स्टेट्स’ जस्ता किताब लेखिसकेका चेतन भन्छन्, ‘म युवापुस्ताका लागि लेख्दा युवा पुस्ताका व्यक्तिहरुसँग कुरा गर्छु र उनीहरुको चालचलनमा ध्यान दिन्छु । आजकाल सम्वन्धहरुमा बदलाव आएको छ, चाहे प्रविधिको कारणले होस वा करिअरको कारणले म क्याफेमा बसेर जवान मानिसहरुलाई ध्यानपूर्वक हेर्छु ।’

चेतन भगतको किताब ‘टु स्ट्ट्स’ माथि बनेको फिल्ममा अभिनय गरिसकेका अर्जुन कपूर भन्छन्, ‘मैले फिल्म गर्नुअघि किताब पढेको थिइनँ र यसपाली पनि पढेको छैन ।’

अभिनेत्री श्रद्धा कपुरले हाफ गर्लफ्रेण्ड टाइटल आफूलाई मन परेको बताइन् । उनले भनिन्, ‘साथीभन्दा माथि तर, प्रेमभन्दा तल । मेरो र अर्जुन कपुरको सम्वन्ध यस्तै छ फिल्ममा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment