Comments Add Comment

पाथीभरा क्षेत्रमा मदिरा निषेध, जबरजस्ती बेचे कारबाही


४ वैशाख, ताप्लेजुङ । जिल्लाको पाथीभरा क्षेत्रमा मादक पदार्थ बिक्री–वितरण गर्न प्रतिबन्ध लगाइएको छ । धार्मिक स्थलमा भइरहेको मदिरा बिक्री–वितरणले विकृति बढाएको भन्दै प्रशासनले मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको हो ।

तीर्थयात्रिलाई सेवा दिन पाथीभरा क्षेत्रमा होटल खुलेका भए पनि उनीहरुले मदिराको खुलेआम बिक्री–वितरण गर्दै आइरहेका थिए ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नरबहादुर खड्काले पाथिभरा मार्गमा खुलेका सेवारो चौक, तर्से, भालुगैँडे, काफ्लेले पाटी, ठूलो फेदीलगायत क्षेत्रमा मदिरा बिक्री गर्न प्रतिबन्ध लगाइएको बताए ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा होटल व्यवसायी संघ, उद्योग वाणिव्य संघ, कोष तथा लेखा नियन्त्रण कार्यालय, सरोकारवाला र सुरक्षा निकायबीच बसेको बैठकले मदिरा बिक्रीका अनुमति नदिने निर्णय गरेको छ ।

‘पाथिभरा क्षेत्रमा मदिरा बिक्री गर्न अनुमति दिइएको छैन’, प्रजिअ खड्काले भने, ‘नियम मिच्दै बिक्री गरेको पाइए कानुनवमोजिम कारबाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment