Comments Add Comment

६० दिन लगाएर खिचियो आना र आशिरमानको ‘ग्याङस्टार ब्लूज’


नायिका आना शर्मा र नव-नायक आशिरमान देसारजको मुख्य भूमिका रहेको चलचित्र ‘ग्याङस्टार ब्लूज’को छायांकन करिब ६० दिनमा सकिएको छ । चलचित्रको सम्पूर्ण छायांकन नेपालगञ्जमा गरिएको थियो ।

यो चलचित्रलाई हेमराज बीसीले निर्देशन गरेका हुन् । सरोज न्यौपाने चलचित्रका निर्माता हुन् । निर्माता न्यौपानले ६० दिनमा चलचित्रको छायांकन सकेर सम्पूर्ण टिम काठमाण्डौ फर्किएको बताए । यो चलचित्र भदौ २ गतेबाट रिलिज हुनेछ ।

चलचित्रको प्रदर्शन मिति नजिक आउँदै गरेका कारणले पनि पोष्ट प्रोडक्शनको काम केहि दिनमै सुरु हुने निर्माता न्यौपानेको भनाई छ । यो चलचित्रले युवापुस्ताको कथालाई उठान गरेको छ ।

चलचित्रमा संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी लगायतका कलाकारको पनि अभिनय छ । निर्माता न्यौपानेले दर्शकले खोजे जस्तो चलचित्र बनाउन कुनै पनि कन्जुस्याँइ नगरिएको बताए ।

‘ग्याङस्टार ब्लूज’ टिमसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment