Comments Add Comment

गहिरो छाप छोडेर अस्ट्रेलियाबाट फर्कियाे कुटुम्ब

१७ अप्रील, सिड्नी । नेपालको लोकप्रीय सांगीतिक समूह कुटुम्बले अस्ट्रेलियामा गहिरो छाप छोडेर फर्किएको छ ।

अष्ट्रेलियाका विभिन्न शहरहरुमा भएका कार्यक्रममा यो समूहले यहाँका नेपाली र गैर नेपालीहरुको समेत मन जितेको छ ।

कुटुम्बले पनि अष्ट्रेलियाका नेपालीहरुको मायाको प्रशंसा गर्दै अष्ट्रेलिया बसाई सफल भएको बताएको छ ।

सोमबार सिड्नीबाट नेपाल जानु अघि यो सांगीतिक समूहका प्रवक्ता पबित महर्जनले अनलाइनखबरसँग भने, ‘हाम्रो भ्रमण तथा सागीतिक प्रस्तुति निकै राम्रो र मनोरन्जनात्मक रहृयो ।’

उनले कुटुम्बले गरेको हरेक सांगीतिक कार्यक्रमको फरक शहरमा फरकपनको अनुभूति रहेको भन्दै नेपाली तथा गैह्र नेपाली मूलका दर्शकहरुले बराबर रुचाएको बताए ।

उनीहरुले अस्ट्रेलियाका प्रमुख शहर येडिलेड, मेलबर्न, ब्रिसबेन, पर्थ र सिड्नीमा आफ्नो सांगीतिक प्रस्तुति पस्केका थिए ।

नेपाली लोक तथा आधुनिक बाजाहरुको समिम्रश्रण गर्दै अस्ट्रेलियामा नेपाली बाजाहरुको प्रबर्द्धन गरिएको प्रवक्ता पबित महर्जनले बताए ।

उक्त समूहमा पबित लगायत अरुण मानन्धर, रुबिन श्रेष्ठ, किरण नेपाली, सिद्दार्थ महर्जन, अरुण गुरुङ, राजु महर्जन लगायत अस्ट्रेलिया भ्रमण मा थिए ।

सिड्नी छोड्दै गर्दा कुटुम्ब समूहले भनेको छ, ‘हामीले हाम्रो अस्ट्रेलिया यात्रा धेरै अपेछासहित सुरु गरेका थिएनौ तर यहाँ पुगेको पहिलो दिनबाटै हामीले असल र प्रीय मानिसहरुसंग स्मरणीय भेटघाट तथा अनुभवहरु बटुल्न पाइयो ।’

आफ्नो नेपाली मौलिक बाजा र नेपाली संगीतलाई अस्ट्रेलियामा चिनाउन पाएकोमा आयोजक नमस्ते नेपाल अस्ट्रेलिया साथै कार्यक्रमका सहयोगीहरु संस्था नेप्लिस युनाईटेड फुटबल क्लब र फ्रेन्ड्स अफ नेपाल अस्ट्रेलियाका प्रतिनिधिहरुले खुसी व्यक्त गरेका छन् ।

नमस्ते नेपाल अस्ट्रेलियाले आयोजना गरेको उक्त कार्यक्रमबाट उठेको पैसा पश्चिम अस्ट्रेलियाको नेपाली फुटबल क्लब नेप्लिस युनाईटेड फुटबल क्लबलाई प्रदान गरिने छ ।

नमस्ते नेपालले यस अघि पनि विभिन्न सांगीतिक कार्यक्रमबाट उठेको पैसा नेपालमा भूकम्पले भत्काएका गोरखा र लम्जुङ्गका एक/एक वटा विद्यालयलाई पुनर्निर्माण गर्न सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment