Comments Add Comment

चर्को भर्ना शुल्क फिर्ता गराउन सरकारलाई ७२ घण्टे अल्टिमेटम

शिक्षा क्षेत्रका समस्या समाधान गर्न तीन सदस्यीय कार्यदल गठन

४ बैशाख, काठमाडौं । निजी विद्यालयहरुले विद्यार्थी भर्नाको बहानामा चर्को शुल्क असुलीरहेका बेला प्रमुख विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्रका समस्या समाधान गर्न भन्दै कार्यदल गठन गरेका छन् । नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीको सोमबार बसेको संयुक्त बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेविसंघका उपाध्यक्ष पुष्प शाही, अनेरास्ववियुका महासचिव ऐन महर र अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङ छन् ।

कार्यदलले शैक्षिक भर्ना लगायतका समग्र समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन उपाय खोजेर सरोकारवाला निकायलाई दबाव दिने अखिल क्रान्तिकारीका उपाध्यक्ष तामाङले बताए ।

नयाँ शैक्षिक सत्रमा निजी विद्यालयहरुले अभिभावकहरुबाट चर्को शुल्क असुलिरहेको गुनासो बढेको छ । त्यसलाई रोक्न माग गर्दै मंगलबार शिक्षामन्त्री धनिराम पौडेललाई ज्ञापन पत्र बुझाउने र शुल्क फिर्ताका लागि ७२ घण्टे अल्टिमेटम दिने तामाङले बताए ।

यो पनि पढ्नुहोस् 

क्रान्तिकारीका नेता भन्छन्– शुल्क फिर्ता नलिने विद्यालय बन्द गराउछौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment